प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कपिलवस्तुको साविकको भिल्मी गाविस वडा नं. ४ स्थित सरस्वती आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापक दिनेश कुमार विश्वकर्मासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।

प्रधानाध्यापक विश्वकर्मासहित तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शकिल मियाँ र नरेन्द्र कुर्मी विरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

सरकारले विभिन्न शीर्षकमा दिएको अनुदान रकमलाई आफूखुसी खर्च गरेको र विद्यालयमा शिक्षक भर्ना, पीसीएफ छात्रवृत्ति, पाठ्यपुस्तक, दिवाखाजालगायत शीर्षकमा आएको रकम दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

आर्थिक वर्ष २०६८/०६९ देखि २०७२/०७३ सम्म छात्रवृत्ति, पाठ्यपुस्तक र दिवाखाजा शीर्षकमा निकासा भई खर्च हुन नसकेको रकममध्ये ३ लाख ७१ हजार ७०१ रुपैयाँ प्रधानाध्यापक विश्वकर्मा र अध्यक्ष मियाँको कार्यकालमा दरुपयोग भएको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

त्यस्तै प्रधानाध्यापक विश्वकर्मा र विद्यालय व्यवस्थापन समितिका अर्का अध्यक्ष नरेन्द्र कुर्मीको कार्यकालमा २२ हजार १४९ रुपैयाँ हिनामिना भएको पाइएको उनले बताए ।

आयोगले प्रधानाध्यापक विश्वकर्मासँग तीन लाख ९३ हजार ७५० रुपैयाँ, मियाँसँग तीन लाख ७१ हजार ७०१ रुपैयाँ र कुर्मीसँग २२ हजार १३९ रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ९ : १५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि