यूएईमा कार्यरत नेपालीले पठाए ५९ हजार थान पीसीआर किट « Khabarhub

यूएईमा कार्यरत नेपालीले पठाए ५९ हजार थान पीसीआर किट


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा–  कोरोना भाइरसबिरुद्धको लडाइँमा सहयोग गर्न संयुक्त अरब ईमिरेट्स(यूएई)मा कार्यरत नेपालीहरुले ५९ हजार थान पीसीआर किट नेपाल पठाएका छन् ।

नेपालमा दोस्रो लहर कोरोना नियन्त्रणका लागि सहयोग जुटाउन यूएईस्थित नेपाली दूतावास र विभिन्न संघसस्थाहरु मिलेर ‘मातृभूमि सहयोग अभियान’ संयुक्त राहत संकलन समिति संचालन गरी ४७ लाख रुपैयाँ उठाइएको थियो।

सो रकमबाट ५९ हजार थान पीसीआर किट खरिद गरी नेपाल एयरलाईन्सको उडानमार्फत नेपाल पठाइएको अभियानका प्रवक्ता वेद प्रसाद अर्यालले जानकारी दिए ।

कोरोना खोप खरिद गरेर पठाउने तयारी गरिएको भएपनि ‘जीटुजी’ प्रणालीबाट मात्र सम्भव हुने भन्दै तत्कालको आवश्यकतालाई मध्यनजर गर्दै पीसीआर किट पठाइएको प्रवक्ता अर्यालले बताए ।

‘मातृभूमि सहयोग अभियान’संयुक्त राहत संकलन समितिले गएको सोमबार पीसीआर किट यूएईस्थित नेपाली दूतावासलाई बुझाएको र दूतावासमार्फत नेपाल पठाइएको उनले बताए। उनका अनुसार नेपाल पठाइएका यी पीसीआर किट सातवटै प्रदेशमा वितरण गरिनेछ ।

यूएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले सामाजिक सञ्जाल फेसबुक मार्फत मातृभूमि दुखेको बेला हार्दिकता र उदारतापूर्वक सहयोग गर्ने नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

नेपालमा अक्सिजन हाहाकार भएको बेला कतार, साउदी अरब, कुवेत, बहराइन, ओमान र यूएईमा काम गर्ने नेपाली श्रमिकहरुले आफ्नो गास कटाएर ७५ लाख बराबरको ५६० अक्सिजन सिलिण्डर खरिद गरेर सहयोग गरेका थिए ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ७ : २५ बजे

कतारी तटनजिकै जहाजमा हमला, खार्ग टापुबाट तेल चुहिएर समुद्रतिर

दोहा- कतारको तट नजिएकै एउटा जहाजमा आक्रमण भएको छ। बेलायती

मुख्यमन्त्री बनेपछि विजयको सम्बोधन : धर्मनिरपेक्ष र सामाजिक न्यायमा आधारित नयाँ युग सुरू भयो

चेन्नई- तमिलगा भेत्री कझगम (टीभीके) पार्टीका प्रमुख सी. जोसेफ विजयले

अभिनय छाडेर राजनीतिमा होमिएको दुई वर्षमै विजय बने तमिलनाडुका मुख्यमन्त्री

चेन्नई- तमिलगा भेत्री कडगम (टीभीके) का प्रमुख तथा अभिनेताबाट राजनीतिज्ञ

रास्वपाले आज ‘नीति मन्थन’ कार्यक्रम गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज ‘विपद् जोखिम न्यूनीकरण

अन्तर्राष्ट्रिय आर्गानिया दिवस मनाइँदै

काठमाडौँ– विश्वका विभिन्न देशमा आज जैविक विविधता संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रमका