विवादित विषयमा ‘अन्तिम टुंगो’ लगाउँदै एमाले कार्यदल « Khabarhub

विवादित विषयमा ‘अन्तिम टुंगो’ लगाउँदै एमाले कार्यदल


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक शुरु भएको छ । आन्तरिक छलफलका लागि भन्दै आज दिउँसो स्थगित भएको बैठक ‘अन्तिम टुंगो’ लगाउँदै भन्दै केहीबेर अघि फेरि शुरु भएको छ ।

सिंहदबारमा केहीबेरअघि शुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओली समूहबाट नेता सुवासचन्द्र नेम्वाङसहित सचीव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल र बिष्णु रिमाल सहभागी छन् ।

वरिष्ठ नेता नेपाल समूहबाट भने उपाध्यक्ष भिम रावलसहित उपमहासचिव घनश्याम भुसाल, सचीव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, र रघुजी पन्त र भिम आचार्य सहभागी छन् ।

उपमहासचिव बिष्णु पौडेल मन्त्रिपरिषदको बैठकमा सहभागी भइरहेकाले नआएको तर केहीबेरमा आउने जनाइएको छ ।

७ बजेका लागि बैठक बोलाइएको भए पनि झण्डै आधा घण्टा ढिलो गरी बैठक शुरु भएको हो । दिउँसोको बैठकपछि कार्यदलका सदस्यहरूले आज बेलुकीसम्ममा विवादित विषयमा टुंगोमा पुग्ने बताएका थिए ।

सिंहदरबारमा बिहीबार दिउँसो बसेको बैठकमा विवादित बिषयमा समाधान खोज्न सकारात्मक छलफल भएको र आजै टुङ्गिने विश्वास नेताहरुले गरेका थिए ।

त्यस्तै एमालेको माधव नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले छलफल सहमतिको विन्दुमा पुगेको बताएका थिए ।

विष्टले आजको बैठकमा हिजोभन्दा धेरै प्रगति भएको बताउँदै लगभग सहमतिको विन्दुमा पुगेको जानकारी दिए । उनले भने, ‘कार्यदलमा विवादित विषयमा गम्भीर छलफल भएको छ, लगभग सहमतिको विन्दुमा पुगेको छ ।’

दिउँसोको बैठकपछि दुवै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका थिए ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ८ : ०३ बजे

कृषिउपज संकलन केन्द्र सञ्चालनमा

दमौली– निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज

यस्तो छ आजका लागि तरबारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर – यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै : यस्तो छ निर्वाचन तालिका

काठमाडौँ– नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन

हर्मुज जलडमरूमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यमा अमेरिकाको पूर्ण नियन्त्रण