‘निर्णायक’ भनिएको एमाले कार्यदलको बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने « Khabarhub

‘निर्णायक’ भनिएको एमाले कार्यदलको बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक विनानिष्कर्ष सकिएको छ ।

निर्यायक हुने भनिएको आजको दोस्रो बैठकमा कुनै पनि विषयमा सहमति नभएको नेताहरुले जनाएका छन् ।

बैठकपछि प्रतिक्रिया दिदै नेता घनश्याम भुसालले भने,‘१० दिनअघि जुन एजेण्डा तयार गरेका थियौँ। तर गएको १० दिनदेखि खास काम गर्न सकेका छैनौँ । आज हामी अघि बढ्न सकेनौँ । भोलि बिहान बस्ने बैठकबाट निष्कर्ष निस्कन्छ भन्नेमा विश्वास छ ।’

तर अध्यक्ष ओली समूहका तर्फबाट कार्यदलको नेतृत्व गरिरहेका सुवास नेम्वाङले समेत आजको बैठकमा कुनै पनि विषयमा सहमति कायम हुन नसकेको बताए ।

उनले बैठक भोलि बिहान साढे ११ बजेसम्ममा लागि स्थगित भएको भन्दै उक्त बैठकले निर्णय गर्ने आशा रहेको बताए ।

उनले भने,‘अलि चाँडो चाँडो काम भइरहेको छ । तर आज टुंगोमा पुगिसकेको छैन । हामी आशावादी छौं भोलिको बैठक टुंगोमा पुग्छ ।’

तीन वर्षअघिदेखिको विवाद समाधानका लागि केही समय लाग्नु स्वभाविक रहेको भन्दै उनले भने,‘तीन वर्ष अघिदेखिको विवाद ९/१० दिनमा यो ठाउँमा पुग्नु भनेको धेरै काम भएको हो । भोलिको बैठकले केही निर्णय गर्छ भन्ने विश्वास छ ।’

आजको बैठकमा कार्यदलमा रहेका एमाले उपमहासचिव विष्णु पौडेल भने उपस्थित भएनन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ९ : १६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका