विश्वभर संक्रमितको संख्या २० करोड नाघ्यो, १८ करोड २२ लाख निको « Khabarhub

विश्वभर संक्रमितको संख्या २० करोड नाघ्यो, १८ करोड २२ लाख निको


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार २९० जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको २० करोड २ लाख ९३ हजार पुगेको छ ।

यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ४ लाख १० हजार ७५७ छ ।  पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १८ करोड २२ लाख ७९ हजारभन्दा बढी छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ६३ लाख ५३ हजार ६९ छ । यसमध्ये ९८ हजार ५४१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

आइतबार बिहानसम्मको तथ्यांकानुसार विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४२ लाख ९८ हजारभन्दा बढी छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ६ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख ९८ हजार ७४७ पुगेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि समान वितरण हुन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६८ हजार ९५० जनामा संक्रमण भएको छ । यस्तै थप ३२० जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ३२ हजार ९८७ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ६३ हजार ८२ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा आइतबार बिहानसम्म ४ लाख २७ हजार ८९२ संक्रमितको मृत्यु भएको छ ।

यस्तै  रूसमा १ लाख ६४ हजार ‍६४ जना, बेलायतमा १ लाख ३० हजार २८१ जना, फ्रान्समा १ लाख १२ हजार १९० जना, इटालीमा १ लाख २८ हजार २०९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ७ : ५५ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक