विकासका काममा भएको ढिलासुस्ती छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग | Khabarhub Khabarhub

विकासका काममा भएको ढिलासुस्ती छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा सदस्य परशुराम मेघी गुरुङले विकास निर्माणका काममा ढिलासुस्ती र अनियमितता हुने गरेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने बताए ।

राष्ट्रियसभा बैठकमा बोल्दै सदस्य गुरुङले विकास निर्माणको काममा ढिलासुस्ती हुने गरेको बताए । समयमै आयोजना सम्पन्न नहुने र समय थप्दै जाँदा आर्थिक व्ययभार पनि बढ्दै जाने गरेको उनले उल्लेख गरे ।

उनले विकास निर्माणमा भएका काम कारबाहीहरूको प्रगति हेर्न विभिन्न ऐन, नियम र संयन्त्र भए पनि प्रभावकारी काम गर्न नसकेकाले राष्ट्रिय सभाले सर्वदलीय समिति बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘१५ औं राष्ट्रिय योजनाले तयार गरेको डकुमेन्ट छन्, विकासका नीतिहरू छन्, कार्यक्रमहरू छन् । वार्षिक कार्यक्रमहरू छन् । ती सबै कुराको अनुगमन, मुल्यांकन गर्नको लागि अब राष्ट्रियसभाको तर्फबाट सबै राजनीतिक दलहरूको सहभागितामा एउटा विशेष समितिको निर्माण गरौँ । त्यो विशेष समितिले आर्थिक वर्षको ३ महिना भित्रमा विगत वर्षको सम्पूर्ण कुराहरूको अध्ययन, अनुगमन, मूल्यांकन गरेर, त्यसलाई यो राष्ट्रिय सभामा प्रस्तुत गरेर यहाँ व्यापक त्यसलाई छलफल गरौँ ।’

उनले विकास निर्माणको कामको सम्बन्धमा प्रदेश र स्थानीय स्तरमा बेरुजु रकम खरबौँ पुग्न लागेको बताए । ती बेरुजुलाई व्यवस्थापन गर्ने कानूनी प्रवन्धको पनि अभाव भएको भन्दै उनले सरकार र कर्मचारीतन्त्रको कार्यशैलीमा रुपान्रण गर्नुपर्ने जरुरी रहेको बताए ।

उनले भने, ‘आज हामी संघीयता कार्यान्वयनको क्रममा छौँ । यो संघीयता कार्यान्वयनको चरणमा प्रदेशस्तरबाट, स्थानिय स्तरबाट, दर्जनौं दर्जन योजनाहरू सञ्चालन भएका छन् । ती आयोजना सञ्चालन गर्ने क्रममा आज खरबौँ बेरुजुको चाङ खरबौँमा पुग्न लाग्यो भनेर रातो घण्टी बजिरहेको अवस्था छ । ती बेरुजुहरूलाई व्यवस्थापन गर्ने कानूनि प्रवन्धको पनि अभाव छ । कसरी हाम्रो कार्यशैलीहरूलाई रुपान्तरण गर्ने ? हाम्रो कर्मचारीतन्त्रको कार्यशैलीलाई रुपान्तरण गर्नुपर्ने भएको छ । सरकारको कार्यशैलीलाई रुपान्तरण गर्नुपर्ने भएको छ ।’

उनले विकास निर्माणको कामको एक पैसा बजेट पनि खेर नजाने गरी सदुपयोग गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  २ : ०० बजे

ओलीले आफूसँग तुलना गरेका दार्शनिक सुकरात कस्ता थिए ? 

शुक्रबार नेकपा एमालेको शिक्षा तथा मानव स्रोत विभागले अध्यक्ष केपी

शिक्षक र प्राध्यापकका संगठन अमान्य घोषित, राजनीतिक गतिविधिमा भाग लिए कारबाही गरिने

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक

टेलिकमको काममा ढिलाइ गर्ने ठेकेदारको सम्झौता तत्काल रद्द गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको काममा

मनाङमा हिउँले पुरिएको अवस्थामा भेटियो दुई भारतीयको शव

काठमाडौं– कार्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२

भोजपुरको दिङ्लाका युवक सातादेखि बेपत्ता, परिवार चिन्तित

काठमाडौं- भोजपुरको षडानन्द नगरपालिका–५, चिउरीबोटेका एकजना युवक एकसातादेखि बेपत्ता भएका