तिङ्करमा सशस्त्र प्रहरीको बीओपी भवन निर्माण « Khabarhub

तिङ्करमा सशस्त्र प्रहरीको बीओपी भवन निर्माण


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– व्यास गाउँपालिका–१ तिङ्करस्थित छायालेकमा सशस्त्र प्रहरीको भवन निर्माण भएको छ । चीनसँग सीमा जोडिने तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाका लागि भवन निर्माण गरिएको हो ।

चीनको ताक्लाकोटसँग जोडिएको तिङ्करमा स्थापना गरिएको यो पहिलो बीओपी हो । सरकारले बीओपी निर्माण गर्ने लक्ष्यअनुसार भवन निर्माण गरिएको छ । त्यही क्षेत्रमा नेपाल प्रहरी पनि बस्दै आएको छ ।

तिब्बत भएर हुने चोरी, सिकार, तस्करी, नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई निगरानी तथा नियन्त्रण गर्न बीओपी निर्माण गरिएको छ । छायालेकबाट नेपाल चीनको सीमा पिलर नं १ सम्म पुग्न चारदेखि पाँच घण्टा लाग्ने गर्छ ।

यसअघि छाङ्गरुको गागामा रहेको सशस्त्र प्रहरीले पिलर नं १ सम्म गस्ती गर्दै आइरहेको थियो । छालालेकमै बीओपी स्थापना हुने भएपछि चीनसँग सीमा क्षेत्रमा गस्ती गर्न सहज हुनेछ । छायालेकमा बीओपीको भवन निर्माण धुलिखेल प्याराडाइज एलवी जेभीले गरेको हो । गत जेठमै निर्माण सक्नुपर्ने भए पनि प्रतिकूल मौसम र विभिन्न कठिनाइका कारण केही ढिला गरी निर्माण सकिएको छ ।

गत पुसमा सशस्त्र प्रहरी र धुलिखेल प्याराडाइज एलवी जेभीबीच बीओपी निर्माणको सम्झौता भएको थियो । ६ महिनाभित्र निर्माण कार्य पूरा गर्ने सम्झौता भए पनि सामान ढुवानी गर्न समस्या भएपछि निर्माण कार्य केही ढिलाइ भएको निर्माण व्यवसायी लालबहादुर बमले बताए ।

सडक मार्गसँग नजोडिएको तिङ्करमा मान्छेबाट निर्माण सामग्री ढुवानी गर्न सम्भव थिएन भने भारतबाट सामान लिन पनि सकस भएको थियो । निर्माण व्यवसायले गत असारमा हेलिकप्टरमार्फत सामान ढुवानी गरेर निर्माण कार्य पूरा भएको स्थानीयवासी योगेश बोहराले बताए ।

यस्तै सशस्त्र प्रहरी बल नेपाल नं ४४ गुल्म छाङ्गरुको भवन निर्माण कार्य भने अलपत्र जस्तै भएको सुरक्षाकर्मी बताउँछन् । १५ महिनाभित्रै निर्माण सक्नुपर्ने भवन अझै भुइँतला मात्रै निर्माण गरिएको बताइएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १० : ५९ बजे

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई अहिले सम्बोधन गर्दै, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर