भिभोको भी २१ ई नेपाली बजारमा, यस्ता छन् विशेषता  « Khabarhub

भिभोको भी २१ ई नेपाली बजारमा, यस्ता छन् विशेषता 


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भिभोको भी २१ ई प्रोफेसनल स्मार्ट फोन अब सबै प्रयोगकर्ताको लागि आजदेखि नेपाली बजारमा ल्याएको छ । भी भर्जन सबैमा परिचित स्मार्ट फोन हो र त्यसैको परम्परामा उत्पादनमा ल्याइएको यो स्मार्ट फोन प्रतिस्पर्धी मूल्यमा उपलब्ध छ ।

भी २१ ई ४४ एम्.पी.को आई अटोफोकस फ्रन्ट क्यामरा जडान गरिएकोे छ भने यसमो नाइट पोट्रेट समेत समावेश गरिएको छ । यसले राम्रो फोटोग्राफी र भिडियोग्राफी गर्न मदत गर्दछ । भी २१ ई स्मार्ट फोन अगष्ट ८ देखि १० तारिखसम्म खरिद गर्नेले लन्च अफरको रुपमा निशुल्क इयरबड जित्ने अवसर पाउने छन् ।

विभिन्न विशेषतायुक्त भी २१ ई मा जडित फ्रन्ट क्यामेरा विशेष अवसरहरुको फोटो लिन सक्षम छ । यो वर्तमान पुस्ताका युवाहरुका लागि परफेक्ट सहयोगी ठहरिने छ ।

भी भो को नयाँ उत्पादन भी २१ इ मा उत्कृष्ट फ्रन्ट क्यामेरा र विशेष सफ्टवेयर जस्तै अटो फोकस फिचरका कारण सफा इमेज, बेटर नाइट सट, ४के गुणस्तरको स्टेबल भिडियो प्राप्त हुन्छ ।

शक्तिशाली ४४ एम्.पी. को एफ-२.० आपेर्चरले गर्दा प्रकाश कम भएको ठाउँमा पनि रिजल्ट राम्रो दिन्छ । अनावश्यक नोइज नियन्त्रणका साथै नाइट फोटो क्याप्चर गर्नु यसको विशेषता हो, जसको हाई क्वालिटी सफ्टवेयर र हार्डवेयरले राम्रो फोटो निकाल्न मदत गर्दछ ।

यसमा रहेको डुवल भ्यू भिडियो, स्लो मोशन सेल्फी भिडियो, ४के सेल्फी भिडियो ८ स्टेडीफेश सेल्फी भिडियाले प्रयोगकर्ताले चाहे जस्तो परिणाम दिनेछन् । प्रभावशाली ६४ एम्.पी. नाइट क्यामेराले उत्कृष्ट इमेज क्वालिटी दिन सक्छ र माइक्रोफोटोग्राफीमा अरु क्यामेरा भन्दा राम्रो परिणाम दिन्छ । वाइड एङ्गल र विशेष कम्प्लेक्स् सट्को कम्बीनेसनले सबै प्रकारको वातावरणमा गुणस्तरिय फोटोग्राफीको अनुभव प्रदान गर्दछ ।

यी सबै गुणहरुले गर्दा प्रयोगकर्ताले आफ्ना मित्रहरु, परिवारका सदस्यहरुको महत्वपूर्ण अवसरको फोटो सुरक्षित गर्न सघाउँछ । ४ के गुणस्तरको इमेज, भिडियो र इलेक्ट्रोनिक इमेज स्टेबीलाइजेसनले उत्पादनलाई सानो साइजमा राख्न मदत गर्दछ ।

भी २१ इ लाई क्वालकम स्न्यापड्रागन ७२० जी प्रोसेसर, ८ जी.वी र्याम र १२८ जी.वी रोम रहेको छ र यसमा ३ जी.वी एक्सटेन्डेबल र्यामको बिशेषता रहेको छ । ३३ वाट फ्ल्यास चार्जले उपभोक्तालाई आवश्यक पर्दा क्षमता बढाउन सक्ने बनाइएको छ । यो स्मार्ट फोनले प्रत्येक क्षणलाई स्मरणीय बनाउँछ । यो स्मार्ट फोनको मूल्य रु ३९,९९९ निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ५ : २४ बजे

विश्वकप लिग-२ : टस हारेर स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार हुने

दश महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन

हेटौँडा– आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२–०८३

विश्वकप लिग-२ : विकेट र रनको शीर्ष स्थानमा सन्दीप र दीपेन्द्र

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ मा नेपालका लागि सन्दीप लामिछानेले

कोरलानाकामा थप ‘बीटीएस’ सञ्चार उपकरण जडान

मुस्ताङ– मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बीटीएस टावरका

विषादीको विकल्पमा ‘जैविक झोल’को प्रयोग

म्याग्दी– म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि