राष्ट्रियसभाको बैठक २५ गतेसम्मका लागि स्थगित « Khabarhub

राष्ट्रियसभाको बैठक २५ गतेसम्मका लागि स्थगित


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध र नाराबाजीका कारण दोस्रो बैठक पनि स्थगन भएको छ ।

प्रतिपक्षको निरन्तरको नाराबाजीका कारण अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक अन्त्य गरेका हुन् । पहिलो बैठक पनि प्रमुख प्रतिपक्षको अवरोधका कारण अन्त्य भएको थियो ।

दोस्रो बैठक सुरु भएको घोषणा गर्नासाथ प्रतिपक्ष दलका सांसद उठेर निरन्तर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले अर्काे बैठक यही भदौ २५ गते दिनको १ बजे बस्ने गरी आजको बैठक स्थगन गरे ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ सदनसमक्ष पेश गर्ने कार्यसूची थियो । सदन नभएका बेला जारी भएको अध्यादेश सदन खुलेपछि पहिलो बैठकमा पेश गर्ने परम्परा छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ७ : ४० बजे

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत

पहिरोले धापाखेलमा साढे दुईतले घर ढल्यो

ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान

लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला 

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार ११ बजेसम्म १ हजार

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा