क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती « Khabarhub

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा चुनौती देखिएको छ ।

करिब ३५० जना क्षमता रहेको उक्त कारागारमा हाल ४२६ जना कैदीबन्दी रहेको कारागार प्रमुख मानबहादुर सारुले जानकारी दिए । कारागार व्यवस्थापन विभागले पछिल्लो समय ५० जना महिला कैदीबन्दीसमेत कपिलवस्तु कारागारमा थप गरेको छ ।

 यसअघि पुरुष कैदीबन्दी मात्रै राखिँदै आएको कारागारमा महिला कैदीबन्दी थपिएपछि व्यवस्थापनमा थप चुनौती देखिएको छ । कारागार प्रमुख सारुका अनुसार ब्लक ‘ए’ मा १८० जनाको क्षमता रहेकामा २२७ जना र ब्लक ‘बी’ मा १७२ जनाको क्षमता रहेकामा १९९ जना कैदीबन्दी छन् । 

उनले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा बसोबास, स्वास्थ्य, सरसफाइ तथा दैनिक व्यवस्थापनमा समस्या हुने गरेको बताए। 

‘उपलब्ध संरचनाको क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या बढी छ, त्यसैले व्यवस्थापनमा चुनौती छ’, उनले भने।

विसं १९९५ मा स्थापना भएको कारागारको भौतिक संरचना पुरानो भएकाले कैदीबन्दीको सङ्ख्याअनुसार थप संरचना तथा आवश्यक पूर्वाधारको व्यवस्था गरिनुपर्ने आवश्यक रहेको प्रमुख सारुले बताए। 

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १ : १७ बजे

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत