एमाले संसदीय दलको बैठक आज « Khabarhub

एमाले संसदीय दलको बैठक आज


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक आजलाई बोलाएको छ।

आजैका लागि संसद् अधिवेशन आह्वान भएपछि संसद बैठकमा प्रस्तुत गर्ने एजेण्डाका विषयमा छलफल गर्न बिहान ९ बजेलाई बैठक बोलाइएको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

बैठक नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने छ । बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने तामाङले बताए ।

एमालेले कारबाही गरेका १४ जना सांसदको सूचना प्रकाशित नगरेको भन्दै एमाले सभामुख अग्निप्रसाद सापकोटासित आक्रोशित छ भने सत्ता गठबन्धन दलले नेकपा एमाले विभाजन गर्नकै लागि राजनीतिक दल विभाजन सम्बन्धी संशोधन अध्यादेश ल्याएको भन्दै त्यसको विरोध गर्दै आइरहेको छ।

एमालेको उक्त प्रतिक्रिया संसद बैठक सुचारु हुन नदिने संकेत देखिएको छ ।

गत साउन ३२ गते सरकारले संसदको अधिवेशन अन्त्य गर्दै दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ७ : ४० बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको