दरका परिकारबाट पनि हुनसक्छ हानी ! « Khabarhub

दरका परिकारबाट पनि हुनसक्छ हानी !


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली हिन्दू नारीहरूको महान चाड तीज अन्तर्गत आज बुधबार दर खाने दिन । तीजको पहिलो दिन विवाहित महिलाले माइती पुगेर दर खाने चलन छ ।

सामान्यतया तीजको दिन व्रत हुने भएकोले अघिल्लो दिन राति दर खाने प्रचलन छ । तर खाने नाममा केहि अस्वस्थ्यकर खानु हुदैँन । अन्यथा बिरामी पर्न सकिन्छ । त्यसो भए दरमा के खाने, के नखाने त ?

– दर भन्ने बित्तिकै दैनिक भन्दा बढी नै खाइन्छ । तर मात्रा नमिलाई धेरै खाँदा शरीरले पचाउन सक्दैन । त्यसैले शरीरलाई चाहिने मात्र खानुपर्छ ।

– दर खान बनाइने परिकारहरूमा धेरै चिल्लो हाल्नु हुँदैन । चिल्लो पर्दाथमा कोलष्ट्रलको मात्रा धेरै हुन्छ, जसले शरीरलाई हानी गर्दछ ।

– दरमा खीर, अचार, विभिन्न किसिमका तरकारीहरूको परिकार, सलाद र मासुको पनि प्रयोग गरिन्छ । धेरै किसिमका परिकार बनाउदा स्वास्थ्यलाई फाइदा हुने गरी बनाउनु पर्छ ।

– दरको परिकारमा अन्य खानेकुरा भन्दा सलादको मात्रा धेरै हुनुपर्छ ।

– सामुहिक रुपमा खाने दरमा ‘फुड पोइजन’ हुने सम्भावना हुन्छ । त्यसैले सकेसम्म घरमै सिमित व्यक्तिले बनाएको दर खाँदा राम्रो हुन्छ ।

– कतिपय महिलाले दरका नाममा रक्सी (अल्कोहल) खाने गर्दछन् । तर अल्कोहल पिउँदा शरीरलाई फाइदा गर्दैन र, दुर्घटनामा समेत पर्न सकिन्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ८ : २३ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको