जनमोर्चाले नागरिकता अध्यादेशको विरोधमा संसदमा आवाज उठाउने | Khabarhub Khabarhub

जनमोर्चाले नागरिकता अध्यादेशको विरोधमा संसदमा आवाज उठाउने


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धनको घटक चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नागरिकतासम्बन्धी विधेयकको विपक्षमा उभिने भएको छ ।

सरकारले आज स‌ंसदमा नागरिकतासम्बन्धीसहित १५ वटा विधेयक पेस गर्दैछ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा शेरबहादुर देउवा नेतृत्वको सरकारले आज पेस गर्ने नागरिकतासम्बन्धी अध्यादेशमा जनमोर्चाले विरोध जनाउने भएको हो ।

गृहमन्त्री वालकृष्ण खाँणले ‘नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दैछन् ।

जसको विरोधमा जनमोर्चाकी सांसद दुर्गा पौडेलले ‘नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ९ : १३ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा धान दिवसको शुभकामना

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने

सङ्घीय निजामती सेवा विधेयकमा छलफल सुरु

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक २०८२’ मा

नेप्सेमा उच्च अंकको वृद्धि, आइतबार बजार २६ अंकले बढ्यो 

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले वृद्धि भएको

सर्वोच्च अदालतमा प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई जना न्यायाधीशको

‘स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो’

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्थानीय तहमा वित्तीय अनुशासन कायम