‘गहना’मा नरेन र सायाको द्वन्द्व « Khabarhub

‘गहना’मा नरेन र सायाको द्वन्द्व


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको नयाँ सट फिल्म ‘गहना’ एक्शन कट नेपाल युट्युब च्यानलमा रिलिज भएको छ । फिल्ममा तीजमा गहना नहुँदा माइत जान नसकेकी पत्नीका लागि पतिले कतिसम्म जोखिम मोल्छन् भन्ने कुरा देखाइएको छ ।

करिब ३२ मिनेटको ‘गहना’ मा गहनाका लागि पतिपत्नीको द्वन्द्व देखाइएको छ । फिल्ममा बेरोजगारी, आर्थिक अभाव र सामाजिक देखासिकीको पाटोलाई प्राथमिकता दिइएको छ । निर्देशक सुवेदीले पहिलो भागमा सस्पेन्स छोडिएको फिल्म तेश्रो भागसम्म निर्माण हुने बताए ।

फिल्ममा नरेन खड्का, साया भण्डारी र पुरन थापाको अभिनय छ । निर्देशक सुवेदीकै लेखन रहेको फिल्ममा विमल ढकालको छायांकन, विनय पौडेलको मुख्य सहायक निर्देशन, ललितसिंह साउदको सम्पादन, विनोद भुजेलको पाश्र्वसंगीत छ ।

दिलासा क्रिएसनको ब्यानरमा श्रीदेवी, दिलासा र सारा सुवेदी निर्माता रहेको फिल्म काठमाडौं आसपासमा खिचिएको हो ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ११ : ४५ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

महेन्द्रनगर– जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित