माधव नेपालको नेकपा एसमा कुन जिल्लामा कति जनप्रतिनिधिले सनाखत गरे ? « Khabarhub

माधव नेपालको नेकपा एसमा कुन जिल्लामा कति जनप्रतिनिधिले सनाखत गरे ?

झाँक्रीकाे गुल्मीलगायत ८ जिल्लामा शून्य


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले विभाजन भएर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) रोज्न जनप्रतिनिधिलाई निर्वाचन आयोगले दिएको समय सीमा मंगलबार सकिएको छ । एमालेबाट निर्वाचित जनप्रतिनिधिले नेकपा एस रोज्न आयोगले दिएको समय सीमा सकिएपछि अब एमालेले कति क्षति बेहोर्यो र नेकपा एसले कति जनप्रतिनिधि तान्न सफल भयो ? भन्ने चासो छ ।

२०७४ मा भएको स्थानीय तह र प्रदेशसभा निर्वाचन एमालेको चुनाव चिन्हबाट निर्वाचित जनप्रतिनिधिले नेकपा एस रोज्न पाउने भएपछि मंगलबारसम्म प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालय पुगेर जनप्रतिनिधिले सनाखत गरेका छन् ।

सनाखत अनुसार नेकपा एस ८ वटा जिल्लामा शून्यमा झरेको छ चर्चित नेतृ रामकुमार झाँक्रीको माइती जिल्ला गुल्मीलगायत ८ जिल्लामा कुनै पनि जनप्रतिनिधिले नेकपा एस रोजेनन् । सोलुखुम्बु, नुवाकोट, रसुवा, लमजुङ, मनाङ, मुस्ताङ, नवलपुर र गुल्मी जिल्लामा नेकपा एस जनप्रतिनिधि शून्य भएको हो ।

सूची

प्रदेश नं १
झापा–७
इलाम–५८
पाँचथर–११
ताप्लेजुङ–२१
मोरङ–८
सुनसरी–६
धनकुटा–८
तेह्रथुम–२
भोजपुर–६
उदयपुर–२८
ओखलढुंगा–१
संखुवासभा–१५
खोटाङ–११
सोलुखुम्बु–०

प्रदेश नं २

सप्तरी–२९
सिरहा–७१
सर्लाही–४८
महोत्तरी–७
धनुषा–४८
बारा–३२
पर्सा–५
रौतहट–८४

वाग्मती प्रदेश

मकवानपुर–३९
चितवन–२९
काठमाडौं–५१
ललितपुर–२८
भक्तपुर–१
काभ्रे–५६
सिन्धुपाल्चोक–२
दोलखा–६
रामेछाप–५
सिन्धुली–१
धादिङ–७५
नुवाकोट–०
रसुवा–०

गण्डकी प्रदेश

गोरखा–३
लमजुङ–०
मनाङ–०
मुस्ताङ–०
म्याग्दी–३
बाग्लुङ–४
पर्वत–२
स्याङ्जा–७
कास्की–४
तनहुँ–१३
नवलपुर–०

लुम्बिनी प्रदेश

परासी–१
रूपन्देही–७
कपिलवस्तु–१
दाङ–२१
बाँके–११
बर्दिया–८
पाल्पा–१
गुल्मी–०
अर्घाखाँची–६
प्यूठान–७
रोल्पा–५
रूकुम पूर्व–५

कर्णाली प्रदेश

रूकुम पश्चिम–३
सल्यान–७६
जाजरकोट–१०
सुर्खेत–१५
दैलेख–६२
कालिकोट–६५
जुम्ल–(४४
मुगु–२०
डोल्पा–४१
हुम्ला–५

सुदूरपश्चिम प्रदेश

कैलाली–६५
कञ्चनपुर–५१
डोटी–३
अछाम–२७
बझाङ–२५
बाजुरा–५
डडेलधुरा–२
बैतडी–२३
दार्चुला२

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १ : ४० बजे

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत

पहिरोले धापाखेलमा साढे दुईतले घर ढल्यो

ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान

लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला 

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार ११ बजेसम्म १ हजार