को हुन् अफगानिस्तानका नयाँ प्रधानमन्त्री मुल्लाह अखुन्द ? « Khabarhub

को हुन् अफगानिस्तानका नयाँ प्रधानमन्त्री मुल्लाह अखुन्द ?


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– काबुल कब्जा गरेको तीन सातापछि तालिवानले मुल्लाह मोहमद हसन अखुन्दलाई अफगानिस्तानको अन्तरिम सरकारका प्रधानमन्त्री घोषणा गरेको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि तालिवान समूहभित्र उनी को हुन भन्ने बारेमा चासो बढेको छ ।

मुल्लाह अखुन्द तालिवानको निर्णय गर्ने निकाय रहबारी शुरा अर्थात नेतृत्व परिषदका प्रमुख हुन् । २६ सदस्य रहेको रहबारी शुरालाई तालिवानको उच्चतम सल्लाहकार परिषद् तथा निर्णायक समूह मानिन्छ ।

अखुन्दलाई राष्ट्रसंघले लामो समयदेखि प्रतिबन्ध लगाएको छ । सन् १९९६ देखि सन् २००१ मा तालिवान सत्तामा हुँदा अखुन्द एक पटक विदेशमन्त्री र अर्को पटक उपप्रधानमन्त्री भएका थिए । मुल्लाह अखुन्द लामो समयसम्म तालिवानका पूर्व प्रमुख मुल्लाह मोहमद ओमारको निकट भएर काम गरेका थिए । तालिवानको गढ मानिने कन्दाहरमा जन्मिएका अखुन्दलाई ओमारको विश्वासपात्र भएको उनीमाथि राष्ट्रसंघले लगाएको प्रतिबन्धमा उल्लेख छ ।

अखुन्द तालिवान आन्दोलनमा सम्मानित नेता हुन् । उनलाई तालिवानका प्रमुख नेता हिबतुल्लाह अखुन्जादाले समेत सम्मान गर्छन् । तालिवानको नेतृत्व संरचनामा हिबतुल्लाह शीर्ष स्थानमा छन् । उनी धार्मिक तथा सैन्य मामिलाका प्रमुख हुन् ।

अन्दाजी ६५ वर्षका अखुन्द धार्मिक भन्दा पनि राजनीतिक मामिलामा बढी जानाकार मानिन्छन् । तालिवानको सैन्य रणनीतिमा पनि उनको दबदबा छ । आधुनिक अफगानिस्तानका संस्थापक अहमद साह दुरानीको पुर्खासँग अखुन्द जोडिएका छन् ।

अखुन्द तालिवानको निर्णय गर्ने निकाय रहबारी शुरामा महत्वपूर्ण भूमिकामा छन् । सन् २००१ मा अमेरिकी नेतृत्वको विदेशी फौजले तालिवान सत्ता अपदस्थ गरेपछि शुरा स्थापना भएको थियो । (एजेन्सी)

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  २ : १० बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का