वैकल्पिक राजनीतिक शक्तिका लागि संवादमा जुटे विप्लव, घनश्याम र जनार्दन « Khabarhub

वैकल्पिक राजनीतिक शक्तिका लागि संवादमा जुटे विप्लव, घनश्याम र जनार्दन


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग जनार्दन शर्मा र घनश्याम भुसालले भेटवार्ता गरेका छन् । 

नेकपा एकीकृत समाजवादीका महासचिव भुसाल र नेकपा माओवादी केन्द्रका पूर्व-उपमहासचिव शर्मा विप्लवलाई भेट्न ललितपुरस्थित हरिसिद्धीमा पुगेका हुन् ।

आजको बैठकमा वैकल्पिक राजनीति ध्रुवीकरण बनाउने विषयमा सामान्य कुराकानी भएको विप्लवको सचिवालयले जनाएको छ । 

भेटघाटमा तीनैजना नेताले एकै ध्रुवीकरण बनाएर जाने या कसरी जाने भन्ने विषयमा कुरा गरेका थिए। बैठकबारे जानकारी गराउँदै सचिवालयले भन्यो, ‘राजनीति यात्रा कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको छ । यो या त्यो भन्ने कुराको कुनै निर्णय भएको छैन।’

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : ५६ बजे

टी ट्वान्टी क्रिकेट : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

काठमाडौँ- अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती मधेशका सर्वसाधारणलाई घरायसी प्रयोजनका