लुम्बिनी प्रदेशमा ७४ जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) मा « Khabarhub

लुम्बिनी प्रदेशमा ७४ जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) मा


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

देउखुरी– लुम्बिनी प्रदेशमा एक प्रदेशसभा सदस्य र ७४ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । लुम्बिनीका १०९ स्थानीय तहमध्ये उक्त सङ्ख्यामा जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका हुन् । लुम्बिनी प्रदेशमा एक हजार ५६७ जना नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिमध्ये ७४ ले समाजवादी रोजेको प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए ।

विसं २०७४ को निर्वाचनमा लुम्बिनी प्रदेशमा १२ जिल्लामा एमालेबाट स्थानीय तहका प्रमुख १६, उपप्रमुख १७, गाउँपालिका अध्यक्ष २७, उपाध्यक्ष ३०, वडाध्यक्ष ३५५, सदस्य ७५१ र महिला सदस्य ३७१ गरी जम्मा एक हजार ५६७ जना निर्वाचित भएका थिए ।

निर्वाचन आयोगले यही भदौ १५ गतेदेखि २२ गतेसम्म स्थानीय तथा प्रदेशका जनप्रतिनिधिलाई दल रोज्न समय दिएको थियो ।

दाङ २१, बाँके – १२ , रुपन्देही– ७, रुकुम पूर्व– ४, रोल्पा – ५, बर्दिया – ६, अर्घाखाँची – ६, प्यूठान– ८ ,पाल्पा –१, नवलपरासी (पश्चिम)–२, कपिलवस्तुमा १ जना लुम्बिनीमा नेकपा ९एकीकृत समाजवादी० रोज्ने स्थानीय तहका जनप्रतिनिधि रहेको जनाइएको छ । गुल्मीमा कुनै पनि जनप्रतिनिधि सनाखत हुन नआएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका लुम्बिनी प्रदेशमा २० जनाले सनाखत गरेका छन् । जसमध्ये रुपन्देहीमा १९ र कपिलवस्तुमा एक गरी २० जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  २ : ३३ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै