एमालेद्वारा राष्ट्रियसभा बैठक पनि अवरोध « Khabarhub

एमालेद्वारा राष्ट्रियसभा बैठक पनि अवरोध


२३ भदौ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक पनि अवरोध गरेको छ । एमालेले प्रतिनिधिसभा बैठक पनि अवरोध गरेको थियो । एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।

बैठक सुरु हुनासाथ राष्ट्रियसभामा एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए । त्यसपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिए ।

सचेतक भट्टराईले एमाले विभाजनमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सहयोग गरेको आरोप लगाउँदै बैठक चल्न नदिने बताए । त्यसपछि एमालेका सांसदहरु आसनबाट उठेर बैठक अवरोध गरे ।

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ५ : १० बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया