एमालेद्वारा राष्ट्रियसभा बैठक पनि अवरोध « Khabarhub

एमालेद्वारा राष्ट्रियसभा बैठक पनि अवरोध


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक पनि अवरोध गरेको छ । एमालेले प्रतिनिधिसभा बैठक पनि अवरोध गरेको थियो । एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।

बैठक सुरु हुनासाथ राष्ट्रियसभामा एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए । त्यसपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिए ।

सचेतक भट्टराईले एमाले विभाजनमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सहयोग गरेको आरोप लगाउँदै बैठक चल्न नदिने बताए । त्यसपछि एमालेका सांसदहरु आसनबाट उठेर बैठक अवरोध गरे ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : १० बजे

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न

पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति

इस्लामावाद- पाकिस्तान र इरानबीच भएको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने

मुद्दा हारेपछि जब वकिलले सर्वोच्चको भवनबाट हामफाल्न खोजे…

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एकजना अधिवक्ताले सर्वोच्च अदालत

उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फर्छ्योट

जुम्ला–उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव