फेरि स्थगित भयो प्रतिनिधिसभा बैठक « Khabarhub

फेरि स्थगित भयो प्रतिनिधिसभा बैठक


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमालेको लगातार अवरोधपछि बुधबार प्रतिनिधिसभाको बैठक दोस्रो पटक स्थगित भएको छ । बुधबार सुरु भएको संसद अधिवेशनको पहिलो बैठक पहिलो पटक एमाले सांसदको नाराबाजीपछि स्थगित भएको थियो ।

१५ मिनेटका लागि स्थगित गरिएको बैठक करिब २० मिनेटपछि सुरु भएको थियो । तर दोस्रो पटक बसेको बैठकमा पनि एमाले सांसदहरुको नाराबाजी जारी रहेपछि सभामुख अग्नि सापकोटाले बुधबार दोस्रो पटक १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

एमाले विभाजनमा सभामुख सापकोटाले सहयोगीको भूमिका खेलेको भन्दै एमालेले सभामुखको विरोध गरिरहेको छ । तर, सापकोटाले आफूले कानून अनुसार निर्णय लिएको बताएका छन् ।

एमाले सांसदहरुले नाराबाजी गरिरहेपछि आफूलाई मागहरु ध्यानाकर्षण भएकाले बैठक सञ्चालनमा सहयोग गर्न रुलिङ गरेका थिए । एमाले सांसद भने रोकिएनन् । त्यसपछि बैठक पुनः स्थगित गरिएको हो ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : २० बजे

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने