फेरि स्थगित भयो प्रतिनिधिसभा बैठक « Khabarhub

फेरि स्थगित भयो प्रतिनिधिसभा बैठक


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमालेको लगातार अवरोधपछि बुधबार प्रतिनिधिसभाको बैठक दोस्रो पटक स्थगित भएको छ । बुधबार सुरु भएको संसद अधिवेशनको पहिलो बैठक पहिलो पटक एमाले सांसदको नाराबाजीपछि स्थगित भएको थियो ।

१५ मिनेटका लागि स्थगित गरिएको बैठक करिब २० मिनेटपछि सुरु भएको थियो । तर दोस्रो पटक बसेको बैठकमा पनि एमाले सांसदहरुको नाराबाजी जारी रहेपछि सभामुख अग्नि सापकोटाले बुधबार दोस्रो पटक १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

एमाले विभाजनमा सभामुख सापकोटाले सहयोगीको भूमिका खेलेको भन्दै एमालेले सभामुखको विरोध गरिरहेको छ । तर, सापकोटाले आफूले कानून अनुसार निर्णय लिएको बताएका छन् ।

एमाले सांसदहरुले नाराबाजी गरिरहेपछि आफूलाई मागहरु ध्यानाकर्षण भएकाले बैठक सञ्चालनमा सहयोग गर्न रुलिङ गरेका थिए । एमाले सांसद भने रोकिएनन् । त्यसपछि बैठक पुनः स्थगित गरिएको हो ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : २० बजे

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत

पहिरोले धापाखेलमा साढे दुईतले घर ढल्यो

ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान

लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला 

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार ११ बजेसम्म १ हजार