इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब « Khabarhub

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम अस्वीकार गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। तेलको मूल्य बढेसँगै विश्वव्यापी मुद्रास्फीति बढ्न सक्ने चिन्ता बढेको छ भने विभिन्न देशका सेयर बजारमा पनि दबाब परेको छ।

इरानले गत साता संयुक्त राष्ट्रसङ्घको महासभामा सातदिने युद्धविरामको प्रस्ताव अघि सारेको थियो। प्रस्ताव कार्यान्वयन भए होर्मुज जलडमरूमध्य पुनः खुल्ने र विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको अवरोध केही सहज हुने अपेक्षा गरिएको थियो।

तर, ह्वाइट हाउस बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभएको छ। यद्यपि, उहाँले अमेरिका र इरानबीच वार्ता पुनः सुरु हुन सक्ने सङ्केत दिएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार दुवै देशबीच अप्रत्यक्ष वार्ता सोमबारदेखि नै सुरु हुन सक्ने सम्भावना छ।

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरानले रोक्का गरिएका आफ्ना सम्पत्ति फुकुवा, इरानी तेलमाथिको प्रतिबन्ध हटाउनुपर्ने तथा अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने माग अघि सारेको छ।

युद्धविरामको प्रस्ताव सार्वजनिक भएपछि शुक्रबार दुई प्रतिशतभन्दा बढी घटेको कच्चा तेलको मूल्य सोमबार पुनः बढेको हो। अन्तर्राष्ट्रिय बजारमा उत्तर समुद्री ब्रेन्ट कच्चा तेलको मूल्य १.८ प्रतिशत बढेर प्रतिब्यारेल १०६.१९ अमेरिकी डलर पुगेको छ। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य एक प्रतिशत बढेर प्रतिब्यारेल ९३.३४ डलर पुगेको छ।

तेलको मूल्य वृद्धिले मुद्रास्फीति बढ्न सक्ने चिन्ता बढाएपछि एसियाली सेयर बजारमा पनि दबाब देखिएको छ। लामो बिदापछि खुलेको दक्षिण कोरियाली बजार दुई प्रतिशतभन्दा बढी घटेको छ। जापानको टोकियो, चीनको सांघाई, फिलिपिन्सको मनिला, थाइल्यान्डको बैंकक र इन्डोनेसियाको जकार्ताका बजारमा पनि गिरावट आएको छ।

यता हङकङ, अस्ट्रेलियाको सिड्नी, सिंगापुर र न्युजिल्यान्डको वेलिङ्टनका सेयर बजारमा भने वृद्धि भएको छ।

यसैबीच, विश्व ऋणपत्र बजारमा प्रतिफल पनि बढेको छ। गत साता विश्व ऋणपत्रको औसत प्रतिफल चार प्रतिशतभन्दा माथि पुगेको थियो। यो सन् २००७ यताकै उच्च स्तर भएको बताइएको छ।

अब लगानीकर्ताको ध्यान अमेरिकी केन्द्रीय बैंकको आगामी मौद्रिक नीति निर्णयतर्फ केन्द्रित भएको छ। अक्टोबरको अन्त्यमा हुने बैठकअघि यसै साता अमेरिकाको मुद्रास्फीति र रोजगारीसम्बन्धी महत्वपूर्ण तथ्यांक सार्वजनिक हुँदैछन्। ती तथ्यांकले आगामी ब्याजदरसम्बन्धी निर्णयमा प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।

विश्लेषकहरूका अनुसार मध्यपूर्वमा तनाव पुनः बढेपछि तेलको मूल्यमा वृद्धि भएको र एसियाली सेयर बजारमा दबाब परेको हो। यद्यपि, अमेरिका र इरानबीच वार्ता पुनः सुरु हुन सक्ने सम्भावनाले बजारमा केही आशा कायम राखेको छ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १ : ४९ बजे

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका