एएफसी महिला कप २०२२ छनोट : ‘साम्बा’को अनुपस्थितिले बंगलादेश दबाबमुक्त « Khabarhub

एएफसी महिला कप २०२२ छनोट : ‘साम्बा’को अनुपस्थितिले बंगलादेश दबाबमुक्त


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय महिला लिग खेल्ने क्रममा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले चोट बोकिन् । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसविरुद्ध बल ‘कन्ट्रोल’ गरेर ‘ल्याण्डिङ’ गर्ने क्रममा सावित्राले खुट्टामा चोट बोकेकी थिइन् । चोट लागेर घाइते भएपछि सावित्रा मैदान छाड्न बाध्य भइन् । त्यसअघि सावित्राले लिगमा पूरा खेल खेलेकी थिइन् । एपीएफ क्लबको मुख्य हतियार रहेकी सावित्राले २४ गोल गरिसकेकी छन् ।

चोटका कारण मैदानमा ढलेकी सावित्राको लगत्तै एमआरआई गरिएको थियो । रिपोर्टमा सावित्राको एन्टेरिएल क्रुसियल लिगामेन्ट (एसीएल) च्यातिएको पुष्टि भयो । त्यसपछि भने सावित्राले एक वर्ष मैदान छाड्नुपर्ने भयो ।

सावित्राले चोट बोकिरहेकै समय नेपालले दुई मैत्रीपूर्ण खेल र एएफसी महिला कप २०२२ छनोट खेल खेल्दैछ ।

यदि नेपाल एएफसी महिला कपमा छनोट भए सावित्रा पक्कै त्यति बेलासम्म फर्कने भने पक्का छ । तर त्यसअघिका मैत्रीपूर्ण खेल र छनोट खेलमै नेपाली टोलीमा सावित्राको अभाव खड्किएको छ ।

सावित्राले दक्षिण एसियाली महिला फुटबलमा नम्बर वान स्ट्राइकर र फिनिसरको रुपमा आफूलाई स्थापित गरिसकेकी छन् । नेपाल घरेलु लिग तथा अन्तर्राष्ट्रिय फुटबलमा मात्रै नभएर सावित्राले माल्दिभ्स लिगसहित भारतीय आई लिगमा सेथु एफसी र गोकुलम केरेलालाई लिग उपाधि नै जिताएकी छन् ।

तर यतिबेला हुन लागेको मैत्रीपूर्ण खेलमा सावित्राको अभावबीच बंगलादेशी महिला फुटबल टोली नेपाललाई पराजित गर्ने दाउमा छ । उसको मनोबल उच्च छ । त्यो पनि नेपालकै घरेलु मैदानमा ।

नेपाल र बंगलादेशबीचको दुई खेलमध्ये बिहीबार पहिलो तथा आइतबार दोस्रो खेल हुनेछ ।

पछिल्लो समय नेपाल र बंगलादेश विराटनगरमा भएको पाँचौ संस्करणको साफ च्याम्पियनसिपमा भिडेका थिए । सावित्राको प्रदर्शन प्रेरित नेपालले बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

जब महिला फुटबलमा सावित्राले अग्रपंक्तिको भूमिका निर्वाह गर्छिन्, तब विपक्षी टोलीको गोलपोष्ट र डिफेन्स लाइनको जिम्मेवारी पाएका खेलाडी र टोलीकै टाउको दुखाईको विषय बन्छ ।

तर यसपटक भने सावित्राबिना बंगलादेश नेपाललाई खुलेर दबाब दिन चाहन्छ । उसले यसअघिझै दबाब झेल्ने भन्दा पनि नेपाललाई दबाब सिर्जना गर्ने रणनीति बनाएको छ ।

खेलको अघिल्लो दिन भएको प्रि म्याच पत्रकार सम्मेलनमा बंगलादेशका प्रशिक्षक गोलाम रोबानी चोटोन र कप्तान सविना खातुनले सावित्राबिना आफूहरुले खुलेर खेल्ने र नेपालविरुद्ध प्रतिस्पर्धात्मक खेल हुने बताए ।

‘सावित्रा दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर हुन् । उनी भोलिको खेलमा नहुनु दुःखद् कुरा हो । तर उनी (सावित्रा) नहुँदा हाम्रो डिफेण्डरलाई दबाबमुक्त महसुस हुनेछ,’ बंगलादेशी प्रशिक्षक चोटोन भन्छन् ।

उनको भनाइअनुसार बंगलादेशले नेपालविरुद्ध काउण्टर खेल खेल्न सक्छ । रक्षापंक्तिमा बिना दबाब खेल्ने बताइरहँदा कप्तान तथा स्ट्राइकर सविना खातुन नेपालविरुद्ध अग्रपंक्तिबाट नेपाली डिफेन्सलाई दबाब बढाउने योजनामा छिन् ।

कप्तान सविनाले खेलअघि बोल्दै आफ्ना युवा खेलाडीबीच राम्रो तालमेल भएको र खेल प्रतिस्पर्धात्मक हुनेमा आशावादी रहेको बताइन् ।

‘हामी तयार छौं । धेरै खेलाडी उमेर समूहबाट छन् । राम्रो तालमेल छ । प्रतिस्पर्धात्मक खेल हुनेमा आशावादी छु,’ कप्तान सविनाले भनिन् ।

यता, नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले सावित्राबिना ‘पावर गेम’ भन्दा ‘टिम गेम’मा जोड गर्ने र नयाँ खेलाडीले सावित्राको अभाव हुन नदिने विश्वास व्यक्त गरे । न्यूज कारखाना

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ६ : २४ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्ष

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र

बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट

विद्युतको पोल पुग्यो, बलेन बत्ती

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युतका तार