अफगानिस्तानबाट हालसम्म ८९५ नेपालीको उद्धार « Khabarhub

अफगानिस्तानबाट हालसम्म ८९५ नेपालीको उद्धार


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरूको स्वदेश फर्कनेक्रम जारी छ ।

आज कतार एयरको दोहा–काठमाडौँ नियमित उडानबाट ३२ जना स्वदेश फर्केका छन् । हालसम्म ८९५ जना नेपाली काठमाडौँ आइपुगेका तथा उद्धार गरिएकाहरू अन्य उडानबाट स्वदेश आउनेक्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौँ आइपुगेकालाई अध्यागमनलगायत प्रक्रिया पूरा गरी कोभिड सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको ‘होल्डिङ सेन्टर’मा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रियागत काम सम्पन्न गरी आवश्यक व्यवस्थापन भएको उक्त मन्त्रालयले बताएको छ ।

अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई सकुशल स्वदेश फिर्तीको व्यवस्था प्रभावकारी तुल्याउन सरकारले उक्त मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिश्चन्द्र घिमिरेको संयोजकत्वमा गठन गरेको छ ।

उद्धार कार्यदलका अनुसार उद्धारमा सहजताका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा दर्ता भएका, नेपाली राजदूतावास नयाँदिल्लीबाट प्राप्त विवरण तथा ‘सिचुएशन सेन्टर’ मा नाम टिपाएका नेपालीलाई सम्पर्क गरी उनीहरू हाल रहेको स्थानअनुसार समूह सूची तयार गरेर काबुलबाट उद्धार उडान गरिरहेका मित्र राष्ट्रहरूलाई उपलब्ध गराई उनीहरूको उद्धारमा आवश्यक सहकार्य र समन्वय भइरहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ७ : १३ बजे

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत

पहिरोले धापाखेलमा साढे दुईतले घर ढल्यो

ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान

लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला 

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार ११ बजेसम्म १ हजार

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा