प्रधानमन्त्री बनेको तीन महिनामा आज मन्त्रिपरिषद् विस्तार गर्दै देउवा « Khabarhub

प्रधानमन्त्री बनेको तीन महिनामा आज मन्त्रिपरिषद् विस्तार गर्दै देउवा


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफू प्रधानमन्त्री बनेको तीन महिनामा शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

कुनै अप्रत्यासित घटनाक्रम विकसित नभए गठबन्धनमा बिहीबार बनेको सहमतिअनुसार आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । मन्त्रीको शपथ अपराह्न ४ बजे गर्ने तयारी छ । त्यसअघि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले मन्त्री हुनेको नाम टुंग्याउँदैछन् ।

बालुवाटारमा बिहीबार भएको सहमितअनुसार कांग्रेसले ८, माओवादी केन्द्रले ५, जसपा र नेकपा एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउने छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेश निस्क्रीय कि फिर्ता भन्ने विवादले शुरुवातमा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएकोमा पछिल्लो पटक मन्त्रालय भागवण्डाले गठबन्धनमा सकस भएको थियो ।

मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाएको नेकपा एकीकृत समाजवादीले दुई राज्यमन्त्रीसहित ४ मन्त्रालय र २ मुख्यमन्त्री पाउने भएपछि उसको असन्तुष्टि हटेको छ । समाजवादीलाई शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय दिइएको छ ।

जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा वातावरण पाउने भएको छ ।

कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधिसहितका मन्त्रालय पाएको छ ।

नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ ।

असार २९ गते गठबन्धनबाट प्रधानमन्त्री बनेका देउवाले ८८ दिनसम्म पाँच मन्त्री र एक राज्यमन्त्रीका भरमा सरकार चलाउदै आएका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ७ : ५० बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी