टेलिभिजनको कार्यक्रमबाट कपी गरेको अंकले बनाइदियो रातारात करोडपती « Khabarhub

टेलिभिजनको कार्यक्रमबाट कपी गरेको अंकले बनाइदियो रातारात करोडपती


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैयौं पटक मानिसलाई भाग्यले यसरी साथ दिन्छ, जसको स्वयम् उसलाई भरोसा पनि हुँदैन । अमेरीकाको दक्षिण कैरोलिनामा यस्तै एक घटना भयो । जहाँ एक व्यक्ति टेलिभिजनमा प्राप्त नम्बरको प्रयोग गरेर करोडपती बने ।

दक्षिण कैरोलिनाका एक व्यक्तिले लट्री ड्रइंगमा २० लाख यूएस डलर अर्थात करीब २ करोड ३८ लाख रुपैँया धनराशी जिते । यो नम्बर उनले एक टीभी शोबाट कपी गरेका थिए । उनले धनराशी जितेपछि टीभी शोलाई धन्यवाद दिएका छन् ।

अमेरिका टेलिभिजनमा लट्री नम्बरको शो आउँछ । यही शोबाट ति व्यक्तिले नम्बरको सेट बनाएका थिए । द साउथ कैरोलिना एजुकेशन लट्रीका अनुसार ति व्यक्तिले चेस्टरफील्डमा पिग्ली विगली स्टोरबाट ’पाल्मेटो कैश फाइभ’ टिकट किने र १–१०–१६–१७–१८ संख्या चुनेका थिए । यहि संख्याले उनलाई करोडपती बनाइदियो ।

विजेता बनेपछि ति व्यक्तिले टिकट किनेको पसललाई समेत २ हजार डलर कमिसन दिएका थिए । विजेताले आफुलाई गोप्य राख्न चाहेकाले उनका बारेमा धेरै कुरा सार्वजनिक गरीएको छैन ।

स्रोतः जी न्यूज

 

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १० : ०९ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई