कांग्रेस बाजुराको सभापतिमा रावल विजयी « Khabarhub

कांग्रेस बाजुराको सभापतिमा रावल विजयी


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– नेपाली कांग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनबाट सभापतिका उम्मेदवार रामसिंह रावल विजयी भएका छन् ।

रावल ६०५ मत ल्याएर सभापतिमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कविराज पण्डितभन्दा ३९ मतान्तरले रावल विजयी भएको निर्वाचन समितिले घोषणा गरेको हो ।

उपसभापतिमा पदम बडुवाल ७४८ र नारायण पाध्याय ७५६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताए । उनका अनुसार सचिवमा तिलकराज पुरी ५६५, भरतबहादुर रोकाया ५१४, सहसचिवमा कृष्णराज पाध्याय ४६६, सुरेन्द्रबादुर सिंह ३८० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए ।

पहिलो चरणको निर्वाचनमा तीन जना उम्मेदवारले कूल खसेको एक हजार २०५ मतको ५१ प्रतिशत नल्याउँदा बिहीबार दोस्रो चरणको मतदान गरिएको थियो ।

पहिलो चरणमा पण्डित, चक्रबहादुर शाह र रावलले सभापतिमा उम्मेदवारी दिएका थिए । उनीहरूले खसेको मतको ५१ प्रतिशत नल्याउँदा बिहीबार पुनः मतदान गरिएको थियो । सभापतिका उम्मेदवार शाहको समूहले रावललाई समर्थन गरेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १० : ३६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा