कांग्रेस बाजुराको सभापतिमा रावल विजयी « Khabarhub

कांग्रेस बाजुराको सभापतिमा रावल विजयी


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– नेपाली कांग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनबाट सभापतिका उम्मेदवार रामसिंह रावल विजयी भएका छन् ।

रावल ६०५ मत ल्याएर सभापतिमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कविराज पण्डितभन्दा ३९ मतान्तरले रावल विजयी भएको निर्वाचन समितिले घोषणा गरेको हो ।

उपसभापतिमा पदम बडुवाल ७४८ र नारायण पाध्याय ७५६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताए । उनका अनुसार सचिवमा तिलकराज पुरी ५६५, भरतबहादुर रोकाया ५१४, सहसचिवमा कृष्णराज पाध्याय ४६६, सुरेन्द्रबादुर सिंह ३८० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए ।

पहिलो चरणको निर्वाचनमा तीन जना उम्मेदवारले कूल खसेको एक हजार २०५ मतको ५१ प्रतिशत नल्याउँदा बिहीबार दोस्रो चरणको मतदान गरिएको थियो ।

पहिलो चरणमा पण्डित, चक्रबहादुर शाह र रावलले सभापतिमा उम्मेदवारी दिएका थिए । उनीहरूले खसेको मतको ५१ प्रतिशत नल्याउँदा बिहीबार पुनः मतदान गरिएको थियो । सभापतिका उम्मेदवार शाहको समूहले रावललाई समर्थन गरेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १० : ३६ बजे

नीति तथा कार्यक्रम अघि बढाउँदा विज्ञको सुझाव प्राथमिकतामा राख्छौँ : उद्योगमन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले नीति

राष्ट्रपतिद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

एलिकाको टी-२० विश्वकपमा उपहार योजना सार्वजनिक

काठमाडौं– इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाले आईसीसी टी–२० विश्वकप २०२६

नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा धरेल

काठमाडौं– नेपालका लागि डेनमार्कका महावाणिज्यदूतमा हरि धरेललाई नियुक्त गरिएको छ

बंगलादेशमा व्यापक हिंसा : केही दलका कार्यालय जलाइयो, सञ्चारगृह र पत्रकारमाथि पनि आक्रमण

ढाका- बंगलादेशमा शेख हसिना विरोधी नेता उस्मान हादीको मृत्युपछि हिंसा