देउवाले लोकतन्त्र मास्न खोजे : शेखर कोइराला « Khabarhub

देउवाले लोकतन्त्र मास्न खोजे : शेखर कोइराला


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले लोकतन्त्र मास्न खोजेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री देउवाले विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशलाई भाग दिएर लोकतन्त्र, प्रजातन्त्र समाप्त पार्ने खेल गरिरहेको कोइरालाको आरोप छ।

विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई मन्त्रिपरिषद्मा भाग दिए शक्ति सन्तुलनको सिद्धान्त बिग्रने र त्यसको प्रभाव लोकतन्त्र र प्रजातन्त्रमा पर्ने बताए ।

प्रधानन्यायाधीशलाई मन्त्रिमण्डलमा हिस्सा दिँदा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको सन्तुलन समाप्त भएर जाने उनको भनाइ छ ।

‘व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको शक्ति सन्तुलन बिगारेर प्रधानमन्त्री देउवाले प्रजातन्त्र समाप्त पार्ने खेलमा लागेको आरोपसमेत उनले लगाए ।

प्रधानमन्त्री देउवाले प्रदेश १ र बागमती गरी दुवै प्रदेश सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी) लाई दिएकोमा समेत आपत्ति जनाएका छन् । प्रदेश १ र बागमती प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिएर पार्टीका प्रदेश सांसद, नेता तथा समग्र कार्यकर्ताको मानमर्दन भएको उनका बुझाइ रहेको छ ।

एउटा मन्त्रीसँग दुईवटा मुख्यमन्त्री साट्नु गलत भएको उनको धारणा थियो । उनले विराटनगर आउँदा पटक–पटक एउटा नेतृत्व कांग्रेसले गर्ने अडान लिँदै आएका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १२ : ०० बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना