देउवाले लोकतन्त्र मास्न खोजे : शेखर कोइराला | Khabarhub Khabarhub

देउवाले लोकतन्त्र मास्न खोजे : शेखर कोइराला


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले लोकतन्त्र मास्न खोजेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री देउवाले विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशलाई भाग दिएर लोकतन्त्र, प्रजातन्त्र समाप्त पार्ने खेल गरिरहेको कोइरालाको आरोप छ।

विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई मन्त्रिपरिषद्मा भाग दिए शक्ति सन्तुलनको सिद्धान्त बिग्रने र त्यसको प्रभाव लोकतन्त्र र प्रजातन्त्रमा पर्ने बताए ।

प्रधानन्यायाधीशलाई मन्त्रिमण्डलमा हिस्सा दिँदा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको सन्तुलन समाप्त भएर जाने उनको भनाइ छ ।

‘व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको शक्ति सन्तुलन बिगारेर प्रधानमन्त्री देउवाले प्रजातन्त्र समाप्त पार्ने खेलमा लागेको आरोपसमेत उनले लगाए ।

प्रधानमन्त्री देउवाले प्रदेश १ र बागमती गरी दुवै प्रदेश सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी) लाई दिएकोमा समेत आपत्ति जनाएका छन् । प्रदेश १ र बागमती प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिएर पार्टीका प्रदेश सांसद, नेता तथा समग्र कार्यकर्ताको मानमर्दन भएको उनका बुझाइ रहेको छ ।

एउटा मन्त्रीसँग दुईवटा मुख्यमन्त्री साट्नु गलत भएको उनको धारणा थियो । उनले विराटनगर आउँदा पटक–पटक एउटा नेतृत्व कांग्रेसले गर्ने अडान लिँदै आएका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १२ : ०० बजे

प्रधानमन्त्री कार्कीको नियुक्ति संविधानविपरीत : पत्रकार महासंघ

काठमाडौं– नेपाल पत्रकार महासंघले प्रधानमन्त्री सुशीला कार्कीको प्रधानमन्त्री पदमा भएको

संसद् विघटन फिर्ता लिन राष्ट्रपतिलाई ८ दलको आग्रह

काठमाडौं– आठ राजनीतिक दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग संसद् विघटनको निर्णय

प्रधानमन्त्रीले ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे लिइन् जानकारी

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर

पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै

काठमाडौं– जेन-जी प्रदर्शनका क्रममा आगलागीका कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

महोत्तरीको वन क्षेत्रमा ढालिए सयौँ सालका रूख

महोत्तरी – जेनजी प्रदर्शनको मौका छोपेर महोत्तरीको वन क्षेत्रमा सयौँको