चाडपर्व लक्षित अनुगमन टोली कर्णालीमा « Khabarhub

चाडपर्व लक्षित अनुगमन टोली कर्णालीमा


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- गृहमन्त्रालयका सहसचिव पुष्पराज शाही र उपसचिव फणीन्द्र दाहाल नेतृत्वको अनुगमन टोलीले कर्णाली प्रदेशका विभिन्न जिल्लाको अनुगमनलाई जारी राखेको छ । यातायात, सुरक्षा, आपूर्ति, बजार व्यवस्थापनलगायतका सेवामा देखिएका समस्या र भएका अनियमितताबारे जानकारी लिई सेवालाई प्रभावकारी बनाउन अनुगमन थालिएको सहसचिव शाहीले जानकारी दिए ।

मुगुको अनुगमन सकेर बिहीबार सुर्खेतको पनि सम्पन्न गरेको उनले बताए । गृहले चाडपर्वका समयमा नागरिकलाई सहज आवतजावत तथा किनमेल गर्ने र सुरक्षाको अनुभूति दिलाउने गरी देशैभरि अनुगमन गर्ने कार्ययोजना अनुरुप सहसचिव शाही र उपसचिव दाहाल कर्णाली कार्यक्षेत्र लिएर आएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

“हामीले सुर्खेतमा बिहीबार गृहको टोलीसँगै सरोकारवालासँग बसेर चाडपर्वका समयमा अनुगमनलाई थप प्रभावकारी बनाई सुरक्षा, आपूर्ति, बजार व्यवस्थापन, यातायातलगायतका सेवालाई सुलभ तथा गुणस्तरीय बनाउन के–कस्ता उपाय अपनाउन सकिन्छ भन्ने बारेमा छलफल गरेका छौँ”, उनले भने, “त्यहीअनुसार सरोकारवाला सबैले आ–आफ्नो दायित्वप पूरा गर्नुपर्ने देखिन्छ ।”

सरोकारवालाले चाडपर्वका अवधिमा दैनिक उपभोग्य वस्तुको अत्याधिक मूल्य वृद्धिसँगै विभिन्न समस्या देखाउँदै यातायात व्यवसायीले यात्रुसँग मनोमानी भाडा असुल्ने र यातायात क्षेत्रमा अझै सिण्डिकेट हट्न नसकेको गुनासो गृहको टोलीलाई गराएका थिए । अनुगमन टोलीले सम्बन्धित निकायको धारणा लिने र कार्यान्वयनमा जोड दिन दशैँ जिल्लामा अनुगमन गर्ने बताएको थियो । प्रदेशमा अनुगमन गरी तत्काल देखिएका समस्या समाधानका गर्न आफूहरु प्रत्यनशील रहेको टोलीले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  २ : ०५ बजे

दुबई–तेल अभिभ उडानका घाइते भारतीय क्याप्टेनलाई मोदीले भने ‘नायक’

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुबई–तेल अभिभ उडानका क्रममा सह–पाइलटसँग विमानको

कांग्रेसले सरकारलाई भयो-  साना मुद्दामा अल्झिँदा विकासको सपना मृगतृष्णा बन्ने खतरा छ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले

दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक