स्रष्टालाई नेप्सिनेले दियो रोयल्टी « Khabarhub

स्रष्टालाई नेप्सिनेले दियो रोयल्टी


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली चलचित्र, गीतसंगीत, कला तथा संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धन र बजार व्यवस्थापन गर्न स्थापित नेप्सिनेले राजधानीको होटल र्‍याडिसनमा एक कार्यक्रम गर्दै १ सय ५० बढी स्रष्टालाई रोयल्टी प्रदान गरेको छ ।

नेप्सिनेले संगीत अधिकार व्यवस्थापन र लाइसेन्सिङ सेवाको औपचारिक सुरुवात गर्दै स्रष्टालाई विभिन्न देशबाट तीन महिनायता संकलित रोयल्टी रकम प्रदान गरेको हो ।

रोयल्टी पाउने स्रष्टाहरुमा अग्रज पुस्ताका रञ्जित गजमेर, कुसुम गजमेर, शम्भुजित बासकोटा, तुलसी घिमिरे, राजेन्द्र थापा, विप्लव प्रतिकदेखि नयाँ पुस्ताका अर्जुन पोखरेल, वसन्त सापकोटा, राजनराज शिवाकोटी, दीपक शर्मा, हरि लम्साल, विपिन किरण, बाबु बोगटी, वसन्त थापा, विजय लामा, अमृत घोले लामा, अनिता चलाउने, विश्व नेपाली, चक्र बम, दिग्गज धौराली, डीपी खनाल रहेका छन ।

त्यस्तै रामचन्द्र काफले, गोविन्द गैरे, हिमांशु रायमाझी, कमल खत्री, किरण भुजेल, किशन रेग्मी, कृष्ण काफले, लेखु सहयात्री, लोकराज अधिकारी, मदन सेञ्चुरी, मानष राज, नरेश बिबिसी, नवराज कलाउनी, निशा शर्मा अर्याल, राजेन्द्र भट्ट, राजेन्द्र रिजाल, रकेन म्युजिक, सरोज साजन श्रेष्ठ, शंकरलाल थापा, सुभाष भुषाल, सुदिप लम्साललगायतलाई पनि रोयल्टी प्रदान गरिएको थियो ।

नेप्सिनेका संस्थापक तथा कार्यकारी प्रमुख रायन रेजले नेपालमै पहिलोपटक सुरुवात गरिएको यो सेवाले गीतकार, संगीतकार, निर्माता, प्रस्तोता तथा प्राविधिकहरुको हक, अधिकारको उचित व्यवस्थापन गर्दै नेपाली गीत संगीतको सार्वजनिक वा व्यवसायिक प्रयोग गर्ने प्रयोगकर्तालाई कानूनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममासञ्चारकर्मी दिनेश डिसी, फिल्मकर्मी कृष्ण मल्ल, गीतकार राजेन्द्र थापा, अभिनेता सरोज खनाल, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, संगीतकार अर्जुन पोखरेल, कवि तथा गीतकार विप्लव प्रतिक, पत्रकार ऋषि धमला, किशोर पन्थी लगायतले नेप्सिने सेवाले सांगीतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन महत्तोपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

नेप्सिनेका प्रमुख सञ्चालन अधिकृत विधान कार्कीले आर्थिक अनि सामाजिक समस्यामा उझेलिनु पर्ने सर्जका कारुणिक अवस्थाको अन्त्य गर्दै नेपाली कला र सांगीतिक क्षेत्रलाई समय सुहाउदो बिकासको बाटो तर्फ लैजाने नेप्सिनेको मुख्य उदेश्य रहेको बताए ।

नेप्सिनेले सम्पूर्ण संगीत निर्माता, गीतकार, सगीतकारहरुलाई नेप्सिनेसँग जोडिएर यो सुविधाको लाभ लिन आह्वान गरेको छ । साथै अबको दुई वर्षभित्र नेप्सिनेले आफ्ना सम्पूर्ण सदस्यहरु लक्षित गरी पूर्ण मेडिकल सेवा प्रदान गर्ने बताएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ३ : ४० बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित