‘जलवायु संकटबाट बालबालिका र युवालाई जोगाउन तत्काल कदम चाल्नुपर्ने’ « Khabarhub

‘जलवायु संकटबाट बालबालिका र युवालाई जोगाउन तत्काल कदम चाल्नुपर्ने’


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जलवायु संकटले नेपालका बालबालिका तथा युवाको मानव अधिकारमा प्रभाव पारिसकेको आज सार्वजनिक भएको एउटा अनुसन्धान प्रतिवेदनले जनाएको छ । यो प्रतिवेदन बाल केन्द्रित विपद जोखिम न्यूनिकरण र जलवायु संकट कन्सोर्टियमले सार्वजनिक गरेको हो ।

‘जलवायु परिवर्तन र पर्यावरणीय क्षतिका कारण नेपालका बालबालिका र युवामा परेको असर’ नामक अनुसन्धान प्रतिवेदनमा जलवायु संकट र पर्यावरणीय क्षतिले बालबालिका तथा युवाको सुरक्षा र सिकाईमा कसरी प्रभाव पारीरहेको छ भन्ने उल्लेख गरीएको छ ।

पछिल्ला पाँच वर्षमा जलवायु जोखिमका कारण मृत्यु हुने वा घाइते हुने मध्येमा आधा बालबालिका तथा युवा रहेका छन् । त्यसैगरी, जलवायुजन्य–प्रकोपपछि कम खाना प्राप्त गर्नेहरू मध्ये, लगभग दुई तिहाई बालकालिका छन्, भने एक चौथाई युवा रहेका छन् र प्रतिवेदनमा भनिए अनुसार यी अवरोधहरूले बालबालिका तथा युवाको बाँच्नपाउने अधिकार र विकासमा अवरोध पुर्‍याउनुका साथै उनीहरूलाई उनीहरूको क्षमता पूर्ण रुपमा उपयोग गर्नबाट बञ्चित गराएको छ ।

स्थानीय स्तर तथा घरधुरीमा उपयुक्त प्रतिकार्य तथा जलवायु परिवर्तन अनुकुलनको लागि जलवायु परिवर्तन र वातावरणीय नीति, ज्ञान, शिप, प्रविधि तथा अन्य संसाधनहरूको कमीका कारण बालबालिका र युवा जलवायु संकटको अधिक जोखिममा रहेको प्रतिवेदनले जनाएको छ ।

बालबालिका तथा युवालाई क्षमता विकास तथा जलवायु परिवर्तन अनुकुलनमा सहयोग गर्न स्थानीय तहमा बालबालिका र युवा केन्द्रित नीति तथा परामर्श को अभावका कारण जलवायु परिवर्तन विषेश गरी जलवायु अनुकुलन सम्बन्धि उपायहरू को अन्तक्रियाको कमीका कारण बालबालिका र युवा जलवायु संकटको उच्च जोखिममा रहेका छन् ।

जलवायु संकटका कारण थपिने पारीवारीक जिम्मेवारीको बोझ, खाना, आर्थिक स्रोत तथा साधनमा पहुँचको कमी लगायतका कारण बालिका तथा महिलाहरूमा जलवायु संकटको असर सबैभन्दा धेरै पर्दछ । परीवारमा आर्थिक बोझ थपिँदा बालिकाहरू पढाइ छोड्न बाध्य हुन्छन् भने उनीहरू बालविवाहको जोखिममा समेत पर्ने गरेको पाइएको छ ।

“प्रतिवेदनले जलवायु संकटले बालबालिका तथा युवा को जीवनमा ठूलो प्रभाव पारेको बताएको छ । हामीले ढिला हुनु अगावै बालबालिकाको आवाज सुन्ने र जलवायु परिवर्तका कारण उत्पन्न उनीहरूका समस्याहरूको न्यूनीकरण गर्न तत्काल कदम चाल्नु पर्दछ,” प्लान इन्टरनेशनल नेपाल, सेभ द चिल्ड्रेन, युनिसेफ नेपाल र वल्र्ड भिजन इन्टरनेशनल नेपाल मिलेर बनेको कन्सोर्टियमका संयोजक विष्णु प्रसाद खरेलले भने ।

प्रतिवेदनले स्थानीय स्तरमा बालबालिका तथा युवा केन्द्रित पर्यावरण केन्द्रित नीति तथा योजना बन्नुपर्ने, बाल तथा युवा नेतृत्वमा आधारित जलवायु परीवर्तन अनुकुलनकालागि पर्याप्त आर्थिक स्रोतको व्यवस्था गर्नुपर्ने, वातावरण केन्द्रित अभ्यासको प्रवद्र्धनमा युवा तथा बालबालिकाको अर्थपूर्ण सहभागिता हुनुपर्ने तथा हरित विद्यालय, जलवायु अनुकुलन , जल तथा स्वच्छता प्रणाली आदिको विकासमा जोड दिइनुपर्ने जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ३ : ५८ बजे

दुबई–तेल अभिभ उडानका घाइते भारतीय क्याप्टेनलाई मोदीले भने ‘नायक’

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुबई–तेल अभिभ उडानका क्रममा सह–पाइलटसँग विमानको

कांग्रेसले सरकारलाई भयो-  साना मुद्दामा अल्झिँदा विकासको सपना मृगतृष्णा बन्ने खतरा छ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले

दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक