थाइल्यान्ड ६० देशका पर्यटकका लागि खुला, अझै दैनिक १० हजार कोभिड संक्रमित « Khabarhub

थाइल्यान्ड ६० देशका पर्यटकका लागि खुला, अझै दैनिक १० हजार कोभिड संक्रमित


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– थाइल्यान्डमा विदेशी पर्यटकहरुका लागि लाग्दै आएको प्रतिबन्ध १८ महिनापछि खुला गरिएको छ । यात्रा प्रतिबन्ध हटेसँगै ६० भन्दाबढी देशका पूर्ण खोप लगाएका पर्यटकहरु थाइल्याण्ड घुम्न जान पाउने भएका छन् । अब थाइल्याण्ड भ्रमण गर्ने पर्यटकहरुले क्वारेन्टिनमा बस्नुपर्ने छैन ।

कोरोना महामारीले थाइलेन्डको अर्थतन्त्रलाई चौपट पारेको छ । कोभिड संक्रमण हुनुअघि थाइल्याण्डमा हरेक वर्ष ४ करोड पर्यटक घुम्न जान्थे । कोभिडका कारण गत वर्ष पर्यटक आगमनमा ८० प्रतिशतले गिरावट आएको थियो ।

‘दुई वर्षसम्म हामीले कुनै काम गर्न पाएनौं । अहिले सबै खुकुलो भएको छ,’ पथ प्रदर्शक चियायगोर्न बुनयापाक भन्छन् । तर, उनलाई ग्राहकले अहिलेसम्म सम्पर्क गरेका छैनन् । पर्यटन क्षेत्र पहिल्यैको अवस्थामा फर्किन अझै दुई तीन महिना लाग्ने अनुमान गरिएको छ ।

‘सरकारले पर्यटन क्षेत्र सहज ढंगले खोल्नेमा मलाई शंका नै लाग्छ । आशा छ सबै क्षेत्र पुनः सञ्चालनमा आउनेछ । काममा फेरि फर्किन पाउँदा निकै खुसी लागेको छ,’ बुनयापाक भन्छन् ।

बेलायत, चीन, जापान, अमेरिका र युरोपका अधिकांश देशका लागि उडान सञ्चालन हुने वैंकक र फुकेटका विमानस्थलहरु खुला गरिएका छन् । सरकारले सन् २०२३ सम्म देशको अर्थतन्त्रलाई कोभिडपूर्वको अवस्थामा फर्काउने तयारी गरेको छ । तर, चीनसँगको सीमा बन्दका कारण पर्यटन क्षेत्रमा असर गर्ने विज्ञहरु बताउँछन् । सन् २०१९ मा चीनबाट १ करोड २० लाख पर्यटक थाइल्याण्ड गएका थिए ।

थाइल्याण्डमा अझै पनि केही प्रतिबन्ध लागू गरिएका छन् । अहिलेसम्म ४२ प्रतिशतले मात्र पूर्ण खोप लगाएका छन् । यहाँ अझै पनि दैनिक कोभिडका १० हजार नयाँ संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : ४१ बजे

भोटेकोशी बाढी : राष्ट्रपति पौडेललाई पठाए चिनियाँ राष्ट्रपति सीले समवेदना सन्देश

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार गएको बाढी-पहिरोबाट भएको

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ

कैलाश तीर्थयात्रामा बाढीको असर

काठमाडौं–  नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश