थाइल्यान्ड ६० देशका पर्यटकका लागि खुला, अझै दैनिक १० हजार कोभिड संक्रमित | Khabarhub Khabarhub

थाइल्यान्ड ६० देशका पर्यटकका लागि खुला, अझै दैनिक १० हजार कोभिड संक्रमित


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– थाइल्यान्डमा विदेशी पर्यटकहरुका लागि लाग्दै आएको प्रतिबन्ध १८ महिनापछि खुला गरिएको छ । यात्रा प्रतिबन्ध हटेसँगै ६० भन्दाबढी देशका पूर्ण खोप लगाएका पर्यटकहरु थाइल्याण्ड घुम्न जान पाउने भएका छन् । अब थाइल्याण्ड भ्रमण गर्ने पर्यटकहरुले क्वारेन्टिनमा बस्नुपर्ने छैन ।

कोरोना महामारीले थाइलेन्डको अर्थतन्त्रलाई चौपट पारेको छ । कोभिड संक्रमण हुनुअघि थाइल्याण्डमा हरेक वर्ष ४ करोड पर्यटक घुम्न जान्थे । कोभिडका कारण गत वर्ष पर्यटक आगमनमा ८० प्रतिशतले गिरावट आएको थियो ।

‘दुई वर्षसम्म हामीले कुनै काम गर्न पाएनौं । अहिले सबै खुकुलो भएको छ,’ पथ प्रदर्शक चियायगोर्न बुनयापाक भन्छन् । तर, उनलाई ग्राहकले अहिलेसम्म सम्पर्क गरेका छैनन् । पर्यटन क्षेत्र पहिल्यैको अवस्थामा फर्किन अझै दुई तीन महिना लाग्ने अनुमान गरिएको छ ।

‘सरकारले पर्यटन क्षेत्र सहज ढंगले खोल्नेमा मलाई शंका नै लाग्छ । आशा छ सबै क्षेत्र पुनः सञ्चालनमा आउनेछ । काममा फेरि फर्किन पाउँदा निकै खुसी लागेको छ,’ बुनयापाक भन्छन् ।

बेलायत, चीन, जापान, अमेरिका र युरोपका अधिकांश देशका लागि उडान सञ्चालन हुने वैंकक र फुकेटका विमानस्थलहरु खुला गरिएका छन् । सरकारले सन् २०२३ सम्म देशको अर्थतन्त्रलाई कोभिडपूर्वको अवस्थामा फर्काउने तयारी गरेको छ । तर, चीनसँगको सीमा बन्दका कारण पर्यटन क्षेत्रमा असर गर्ने विज्ञहरु बताउँछन् । सन् २०१९ मा चीनबाट १ करोड २० लाख पर्यटक थाइल्याण्ड गएका थिए ।

थाइल्याण्डमा अझै पनि केही प्रतिबन्ध लागू गरिएका छन् । अहिलेसम्म ४२ प्रतिशतले मात्र पूर्ण खोप लगाएका छन् । यहाँ अझै पनि दैनिक कोभिडका १० हजार नयाँ संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : ४१ बजे

ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौं – मन्त्रिपरिषद् बैठक जारी भएको बेला कांग्रेस सभापति शेरबहादुर

मन्त्रिपरिषद् बैठक : छानबिन समिति गठन गर्ने निर्णय

काठमाडौं – सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी पुस्ताले गरेको प्रदर्शनमा

जेन-जीको आन्दोलनमा कहाँ चुक्यो सरकार ?

काठमाडौँ- एकातिर निजामती कर्मचारी विधेयकको कुलिङ पिरियड गडबडीमा दोषी देखिएका

गोली प्रहार गरेको अभियोगमा एकजना पक्राउ

पर्सा – सशस्त्र प्रहरी बल नेपाल पर्साले महिलालाई गोली हानेको

दिनभर जेन-जीको प्रदर्शन : कहाँ के भयो ?

काठमाडौँ– मलाई बोल्न दे सरकार, गणतन्त्र कहाँ छ, कसैलाई थाहा