सुनको मूल्य तोलामा १५ सयले बढ्यो « Khabarhub

सुनको मूल्य तोलामा १५ सयले बढ्यो


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तिहार सकिएलगत्तै बजारमा सुनचाँदीको मूल्य ह्वात्तै उकालो लागेको छ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएकोमा सोमबार एक हजार ५०० सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबारयता तिहारको सार्वजनिक बिदापछि सोमबार पहिलो पटक सुनचाँदीको मूल्य तोकिएको हो ।

सोमबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ८७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । गत बिहीबार एक हजार २२५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ११ : ५२ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका