सुनको मूल्य तोलामा १५ सयले बढ्यो « Khabarhub

सुनको मूल्य तोलामा १५ सयले बढ्यो


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तिहार सकिएलगत्तै बजारमा सुनचाँदीको मूल्य ह्वात्तै उकालो लागेको छ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएकोमा सोमबार एक हजार ५०० सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबारयता तिहारको सार्वजनिक बिदापछि सोमबार पहिलो पटक सुनचाँदीको मूल्य तोकिएको हो ।

सोमबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ८७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । गत बिहीबार एक हजार २२५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ११ : ५२ बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा