ओली–नेपाल पार्टी सम्बन्ध : छुट्टिएको वर्षको रिस « Khabarhub

ओली–नेपाल पार्टी सम्बन्ध : छुट्टिएको वर्षको रिस


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एउटा लोकोक्ति छ– मरेको वर्षको शोक, छुट्टिएको वर्षको रिस ।

गत २ भदौसम्म एउटै दलमा रहेका केपी शर्मा ओली र माधव नेपाल यतिवेला बेग्लाबेग्लै पार्टीको नेतृत्वमा छन् ।

नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेका नेता नेपाल यतिबेला संगठन बिस्तार अभियानमा छन् भने एमाले अध्यक्ष ओली महाधिवेशनको चटारोमा ।

अभियान र चटारोका बीचमा यी दुई नेता जब भाषणका लागि मञ्चमा पुग्छन्, एकअर्काविरुद्ध अभियोग र गालीमै आधा भाषण सकाउँछन् ।

पार्टी फुटेपछि भदौयताका हरेक भाषणमा एकले अर्कालाई गद्दार घोषणा गर्नेदेखि लिएर कम्युनिष्ट नामको कलंकसम्म भन्न भ्याएका छन् । तर, पछिल्ला दिन भने यि दुई नेताको व्यक्तिकेन्द्रीत झगडा एकअर्कालाई बहिष्कार गर्ने अभियानसम्ममा पुगेको छ ।

बहिष्कार अभियानको फायर भने एमाले प्रचार विभाग प्रमुखसमेत रहेका सचिव योगेश भट्टराईले खोले । १७ कात्तिकमा काठमाडौँमा महाधिवेशन प्रचार अभियानबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले नेकपा (एस) लाई ठेगाना नभएको र अवैध गर्भधारणबाट जन्मिएको पार्टी भन्दै महाधिवेशन उद्घाटनमा नबोलाउने घोषणा गरे।

विभाजनअघिसम्म नेपाल खेमामा खुलेका भट्टराईको यो अभिव्यक्तिले एमाले र नेकपा (एस) को राजनीतिक वृत्तमा सनसनी मच्चायो ।

यो भाषणअघिसम्म एकले अर्कालाई बहिष्कार गर्ने विषयमा नसोचेका पार्टीहरू त्यसयता खुलेआम एकअर्कालाई बहिष्कार गर्ने बताइरहेका छन् ।

नेकपा (एस) ले अलिखित निर्णय ने गर्‍यो– ओली सहभागी हुने सबै कार्यक्रम बहिष्कार गर्ने । यही नीतिअनुसार नेकपा एमाले मोरङ जिल्ला कमिटीले आयोजना गरेको चियापान कार्यक्रमलाई नेकपा (एस) ले बहिष्कार नै गर्ने घोषणा गरेको छ ।

सो पार्टीका जिल्ला प्रवक्ता ओसिम आलमका अनुसार ओली सहभागी भएका कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णयअनुसार चियापान बहिष्कार गरिएको हो ।

गत १३ कात्तिकमा नेकपा (एस) मोरङले चाडपर्वको अवसरमा आयोजना गरेको चियापानलाई एमालेले समेत बहिष्कार गरेको थियो ।

एमाले प्रचार विभाग प्रमुख भट्टराई भने नेकपा (एस) का कार्यक्रममा नजाने निर्णय भने नभएको बताउँछन् । उता नेकपा (एस) का प्रवक्ता जगन्नाथ खतिवडा पनि पार्टीले घोषित निर्णय नगरे पनि स्थानीय कमिटीहरूले ओलीलाई बहिष्कार गर्ने रणनीतिमा भने रहेको बताउँछन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ३ : ५० बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र