देउवा-पौडेलको नेतृत्वमा कांग्रेस चल्दैन, काँग्रेस हाँक्ने दृढता मसँग छ : सिंह « Khabarhub

देउवा-पौडेलको नेतृत्वमा कांग्रेस चल्दैन, काँग्रेस हाँक्ने दृढता मसँग छ : सिंह


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी चल्न नसक्ने बताएका छन् ।

सिन्धुलीको कमलामाईमा सोमबार आयोजित कार्यक्रममा नेता सिंहले काँग्रेसलाई बलियो बनाउन नेतृत्व परिवर्तनको विकल्प नभएको दोहोर्‍याएका छन ।

‘अब देउवा र पौडेलजीबाट पार्टी चल्न सक्दैन,’ सिंहले भने,‘पार्टी बलियो बनाएर देशको भविष्य सुन्दर बनाउन नेतृत्व परिवर्तनको विकल्प छैन ।’

काँग्रेसमा नेतृत्व परिवर्तनका लागि मिसन र भिजनका साथ आफू प्रस्तुत भएको बताए । सिंहले आफूसँग काँग्रेस हाँक्ने दृढ इच्छाशक्ति, विचार र सही योजनाहरु रहेको बताए ।

क्षणिक लाभका लागि पार्टी र देशको भविष्य बर्बाद हुनबाट जोगाउन आग्रह समेत गरे । ‘बेथितीबाट काँग्रेस र देश चल्दैन,’ सिंहले भने,‘पदको लोभ नगर्नुहोस्, पैसाको क्षणिक लाभ नहेर्नुहोस्,भविष्य हेर्नुहोस् । छोरानाति पनातिको भविष्य हेर्नुहोस् । राम्रो नेता चुनेर पठाउनुहोस् । काँग्रेस बचाउनुहोस् ।’

काँग्रेस कमजोर हुँदा देश र लोकतन्त्र नै कमजोर हुने तर्क गरे । काँग्रेस कमजोर हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटनको दुस्साहस गरेको बताए । उनले भने,‘काँग्रेस कमजोर भए कम्युनिस्टहरुले लोकतन्त्र नै फालिदिन्छन् ।’

नेपाली काँग्रेसको नेतृत्वमा महत्वपूर्ण ऐतिहासिक कार्यहरु भएको स्मरण गराउँदै देशलाई समृद्ध बनाउने भूमिका पनि काँग्रेसले निभाउने बताए । विगतमा कम्युनिस्टहरुले नसकेपछि काँग्रेसको नेतृत्वको सरकारको पालामा संविधान जारी भएको बताए ।

दुई तिहाई मत पाउँदा पनि ओली सरकार टिक्न नसकेको बताउँदै भने,‘कम्युनिस्टहरुले राजनीतिक स्थायित्व दिन सक्दैनन् भन्ने प्रमाण हो यो ।’ ओली सरकारको पालामा कम्युनिस्टहरुभित्रै भ्रष्टाचारको प्रतिष्पर्धा बढेको बताए । उनले भने,‘भ्रष्टाचारमा प्रतिष्पर्धा गर्दा गर्दै सरकार ढलेको हो ।’

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ६ : ४५ बजे

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

संविधानका त्रुटि सच्याउनुपर्छ, देश बिग्रँदा सबैलाई क्षति हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका