संसदीय प्रणाली असफल भइसक्यो: उपेन्द्र यादव « Khabarhub

संसदीय प्रणाली असफल भइसक्यो: उपेन्द्र यादव


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संसदीय प्रणाली असफल भएको बताएका छन् ।

यो संसदीय प्रणालीले सांसद खरिद-बिक्रीलाई छुट दिएको भन्दै उनले यसलाई फेर्नुपर्ने बताए । ‘सांसद खरिद-बिक्री हुनुमा नेताको मात्र दोष होइन, संसदीय प्रणालीकै दोष हो, यही संसदीय प्रणालीका कारण न्याय क्षेत्र पनि खर्चिलो छ’, उनले भने ।

जसपा रूपन्देही क्षेत्र नम्बर- १ द्वारा सोमबार रोहिणी गाउँपालिका- ३ धकधईमा आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

उनले मुलुकको संविधान त्रुटिपूर्ण रहेको पनि औँल्याएका छन् । त्रुटिपूर्ण संविधान निर्माणमा कांग्रेस र कम्युनिस्ट मुख्य दोषी रहेको आरोप लगाउँदै उनले संविधान संशोधन गरी संविधानमा रहेका त्रुटि सच्याउनुपर्नेमा जोड दिए । अध्यक्ष यादवले संविधान संशोधनमा कांग्रेस-कम्युनिस्ट तयार नभए आठौँ संविधान निर्माणका लागि आन्दोलन गरिने बताए ।

‘संविधान संशोधनमार्फत मधेसी जनताका मुद्दा संबोधन नभए आठौँ संविधान निर्माणका लागि अगाडि बढ्नुको विकल्प छैन’, यादवले भने ।

संविधानमा उल्लेखित प्रदेश संरचना पनि त्रुटिपूर्ण रहेकाले यसलाई संशोधनमार्फत फेर्नुपर्ने माग उनले गरे ।

‘अहिले कायम रहेका सातवटा प्रदेश व्यावहारिक र वैज्ञानिक छैनन्, यसलाई संशोधन गरी उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदनबाट आएको १० वटा प्रदेश नै कायम गरिनुपर्छ’, यादवको भनाइ छ ।

उनले हालको प्रदेश संरचना अधिकारविहीन रहेको दाबी गरे । ‘अधिकारविहीन प्रदेश सरकारमा पाँच-सात जना मन्त्री बन्दैमा र झण्डावाल गाडी चढेर हिँड्दैमा केही हुँदैन, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्छ’, उनले भने ।

अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली पनि फेर्नुपर्ने बताए । अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले यो कायम रहँदासम्म पैसावालाले मात्र निर्वाचन लड्न सक्ने भएकाले यसलाई फेर्नुपर्ने उनको भनाइ छ । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा जोड दिए ।

उनले नागरिकता विधेयक तत्काल ल्याउनुपर्ने मागसमेत गरे । धेरै मधेसी नागरिक नागरिकताविहीन भएको औँल्याउँदै नागरिकतामा भएको विभेदकारी प्रावधान सच्याउन जरुरी रहेको पनि यादवले बताए ।

 

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ७ : ५३ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र