इन्दिराको ह्याट्रिक मद्दतमा रोङ क्वार्टरफाइनल प्रवेश  | Khabarhub Khabarhub

इन्दिराको ह्याट्रिक मद्दतमा रोङ क्वार्टरफाइनल प्रवेश 


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय टोलीकी सदस्य इन्दिरा राईको ह्याट्रिक मद्दतमा इलामको रोङ गाउँपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा अन्तिम आठमा प्रवेश गरेको  छ ।

सोमबार एन्फा मैदानमा भएको दोस्रो खेलमा रोङ गाउँपालिकाले दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४-१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो ।

रोङको जीतमा राष्ट्रिय टोलीकी सदस्यसमेत रहेकी इन्दिरा राईले ह्याट्रिक पूरा गरिन् । कप्तान अनिता राईले १ गोल गरिन् ।

विभागीय त्रिभुवन आर्मी फुटबल क्लबबाट रोङ पुगेकी इन्दिराले खेलको २९, ४५ पछि थपिएको एक मिनेट र ५८ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै, कप्तान अनिताले खेलको ४० मिनेटमा गोल गरिन् ।

यता, तुलसीपुरका लागि ममता पुन मगरले खेलको ६८ मिनेटम सान्त्वना गोल गरिन् । रोङमा राष्ट्रिय टोलीकी इन्दिरासहित दीपा राई र विमला बिक रहँदा एपीएफकी गोलरक्षक रूपा राना मगर रहेकी थिइन् ।

अब रोङले अन्तिम ४ प्रवेशका लागि समूह ‘आई’को विजेता कैलाली गौरीगंगा नगरपालिकासँग खेल्नेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ९ : २४ बजे

सिञ्जा सभ्यता खस सङ्ग्रहालय अझै सञ्चालनमा आएन

जुम्ला – जुम्लाको सिञ्जा गाउँपालिका– २ मा निर्माणाधीन सिञ्जा सभ्यता

भारतसँग मिल्दामात्रै नेपालको विकास सम्भव छ

पर्यटनको क्षेत्रमा हामीले विभिन्न कार्यक्रम गर्छौं, तर विदेशमा गएर ।

पहिलो चौमासिकमा थपियो ८४ अर्ब सरकारी ऋण

काठमाडौं– चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो चौमासिक अवधिमा करिब

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

काठमाडौं – सूर्योदय ओमी लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश घोषणा

कांग्रेसको स्पष्टीकरणले पछि हटे सांसद बजगाईं, पर्यटनमन्त्रीलाई लगाएको आरोप फिर्ता

काठमाडौं- नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक