ए डिभिजन लिगमा आज २ खेल हुँदै « Khabarhub

ए डिभिजन लिगमा आज २ खेल हुँदै


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहिद स्मारक ‘ए डिभिजन लिग’मा आज २ खेल हुँदैछन् ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लब दिउँसो १ बजे भिड्नेछन् ।

अर्को खेल जावलाखेल युथ क्लब र साविक विजेता मछिन्द्र फुटबल क्लबबीच बेलुकी पौने ५ बजे प्रतिस्पर्धा हुनेछ ।

एथ्लेटिक्स् खेलका कारण हिजो हुनु पर्ने यी दुवै खेल अखिल नेपाल फुटबल संघ एन्फाले आजलाई सारेको थियो ।

हिमालयन शेर्पा क्लब तालिकाको १२ औं स्थानमा छ भने नेपाल पुलिस क्लब छैंटौ स्थानमा छ । जावलाखेल १३ औं स्थानमा छ भने मच्छिन्द्र सातौं स्थानमा छ ।

सबै टोलीलाई कडा चुनौती दिँदै पहिलो पटक लिग खेलेको सातदोबाटो युथ क्लब भने शीर्ष स्थानमा रहँदै आफ्नो तेस्रो जितको खोजीमा मैदान प्रवेश गर्नेछ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ६ : ४२ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

महेन्द्रनगर– जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित