सभापतिमा साझा उम्मेदवार टुंग्याउन संस्थापनइतरको बैठक बस्दै « Khabarhub

सभापतिमा साझा उम्मेदवार टुंग्याउन संस्थापनइतरको बैठक बस्दै


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – १४औँ महाधिवेशनको दुई दिन बाँकी रहँदा नेपाली कांग्रेसमा उम्मेदवारको टुंगो लगाउन आन्तरिक बैठकहरु लगातार बस्न थालेका छन् ।

संस्थापन पक्षबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सभापतिमा भिड्ने भएपछि संस्थापनइतर समूह साझा उम्मेदवारको टुंगो लगाउन लागिपरेको छ ।

पछिल्लो तीन दिनदेखि दुबै समूहमा औपचारिक छलफल भइरहे पनि अझै सभापतिका लागि साझा उम्मेदवारको टुंगो लागेको छैन ।

केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र डा शेखर कोइरालाले सभापतिमा आफ्नो अडान कायमै राखेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालाले इतरपक्षबाट एक जना मात्रै उम्मेदवार भए आफू पछि हट्न सक्ने बताएका छन्।

वरिष्ठ नेता पौडेलले बुधबार साँझसम्म निर्णयमा पुग्ने बताएका छन् । उनले भने, ‘सहमतिको निकै नजिक पुगेका छौँ। सबै कोणबाट छलफल गर्यौं। बुधबार साँझसम्म निर्णयमा पुग्छौँ ।’

संस्थापनइतर पक्षले आज पूर्वजिल्ला सभापति, निर्वाचित जिल्ला सभापति र प्रदेश सभापतिसँग परामर्श गर्दैछ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ७ : ०९ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक