आफूपक्षिय पदाधिकारीको टुंगो लगाउन देउवा समूहको बैठक बस्दै « Khabarhub

आफूपक्षिय पदाधिकारीको टुंगो लगाउन देउवा समूहको बैठक बस्दै


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज आफूपक्षिय नेताहरुसँग छलफल गर्दैछन् ।

२४ मंसिरमा उद्घाटन हुने पार्टीको १४औँ महाधिवेशनमा आफूलाई सभापतिमा चुनौती दिने आफ्नो समूहमा कोही नभए पनि पदाधिकारी आकांक्षी धेरै भएपछि उनले आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् । बैठक बिहान ९ बजे बुढानिलकण्ठमा बस्दैछ ।

उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवार बन्ने घोषणा गर्दै सम्पर्क कार्यालय सञ्चालन गरेपछि देउवालाई सो समूहमा अरु कसैले सभापतिमा चुनौती दिएको छैन । देउवाको टिममा उपसभापति, महामन्त्री, सहमहामन्त्रीका आकांक्षी भने धेरै छन् ।

उपसभापतिका लागि उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्का सबैभन्दा बलिया दाबेदार हुन् । त्यस्तै महामन्त्रीमा वालकृष्ण खाँण, एनपी साउँद, डा प्रकाशसरण महत र विश्वप्रकाश शर्मा दाबेदार देखिएका छन् । शर्माले उम्मेदवारी घोषणासमेत गरिसकेका छन् । यो समूहमा सुनील थापा, ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठलगायतका नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती पनि छ ।

पहिला पदाधिकारीको टुंगो लगाएर मात्र केन्द्रीय सदस्यको चयन गर्ने तयारी देउवाको छ । महाधिवेशनले २७ गते नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन कार्यतालिका छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ७ : २४ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक