महिनावारी हुँदा दुखाई कम गर्ने औषधी खानुहुन्छ ? जान्नुहोस् यी कुरा « Khabarhub

महिनावारी हुँदा दुखाई कम गर्ने औषधी खानुहुन्छ ? जान्नुहोस् यी कुरा


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिनावारीको क्रममा महिलालाई तल्लो पेट दुख्नु एक सामान्य प्रक्रिया हो । यो दुखाई साधारण हुन्छ । तर जब यो दुखाई असह्य हुन्छ तब अधिकांश महिला दुखाई कम गर्ने औषधी (पेनकिलर) खान्छन् । तर यो औषधी खाँदा महिलाले केही कुरामा भने ध्यान दिनुपर्ने हुन्छ ।

– यदि महिनावारीको क्रममा अत्यधिक पीडा भयो भने दुई भन्दा कम (माइल्ड डोज) पेनकिलर खाँदा पनि आराम महसुस हुन्छ । तर यति गर्दा पनि पीडा कम भएन भने चाहिँ चिकित्सकको परामर्श लिनु पर्दछ ।

– यदि तपाईंलाई अत्यधिक पीडा हुन्छ र दिनमा दुई भन्दा धेरै पेनकिलर खाइरहनुभएको छ भने यसले साइड इफेक्ट गराउन सक्छ । साथै थप स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

– किशोरी अवस्थामा महिलालाई महिनावारी हुँदा अत्यधिक पीडा हुन्छ । तर उमेर बढेसँगै यसको दुखाईमा कम हुन थाल्छ । त्यसैले उमेर बढेसँगै पेनकिलर खानबाट बच्नु पर्दछ ।

यी हुन् साइड इफेक्टहरु :

– लामो समयसम्म पेन किलरको प्रयोग गर्दा कलेजो र मिर्गौला खराब हुने खतरा बढ्छ ।

– निन्द्रा नलाग्ने समस्या हुनसक्छ ।

– चिलाउने र छाला पोल्ने समस्या हुनसक्छ ।

– एसिडिटीको समस्या निम्तिन सक्छ ।

– कब्जियत वा झाडा लाग्न सक्छ ।

– पेटमा अल्सर हुनसक्छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ७ : ४७ बजे

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

वडास्तरमै आधारभूत स्वास्थ्य सेवा केन्द्र भए पनि अस्पताल जानेको सङ्ख्या घटेन

रूपन्देही– नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई मौलिक हकअन्तर्गत समावेश

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बढ्दै

आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डिङमा

काठमाडौं– आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको १०औँ संस्करण आजदेखि सुरु