महिनावारी हुँदा दुखाई कम गर्ने औषधी खानुहुन्छ ? जान्नुहोस् यी कुरा « Khabarhub

महिनावारी हुँदा दुखाई कम गर्ने औषधी खानुहुन्छ ? जान्नुहोस् यी कुरा


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिनावारीको क्रममा महिलालाई तल्लो पेट दुख्नु एक सामान्य प्रक्रिया हो । यो दुखाई साधारण हुन्छ । तर जब यो दुखाई असह्य हुन्छ तब अधिकांश महिला दुखाई कम गर्ने औषधी (पेनकिलर) खान्छन् । तर यो औषधी खाँदा महिलाले केही कुरामा भने ध्यान दिनुपर्ने हुन्छ ।

– यदि महिनावारीको क्रममा अत्यधिक पीडा भयो भने दुई भन्दा कम (माइल्ड डोज) पेनकिलर खाँदा पनि आराम महसुस हुन्छ । तर यति गर्दा पनि पीडा कम भएन भने चाहिँ चिकित्सकको परामर्श लिनु पर्दछ ।

– यदि तपाईंलाई अत्यधिक पीडा हुन्छ र दिनमा दुई भन्दा धेरै पेनकिलर खाइरहनुभएको छ भने यसले साइड इफेक्ट गराउन सक्छ । साथै थप स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

– किशोरी अवस्थामा महिलालाई महिनावारी हुँदा अत्यधिक पीडा हुन्छ । तर उमेर बढेसँगै यसको दुखाईमा कम हुन थाल्छ । त्यसैले उमेर बढेसँगै पेनकिलर खानबाट बच्नु पर्दछ ।

यी हुन् साइड इफेक्टहरु :

– लामो समयसम्म पेन किलरको प्रयोग गर्दा कलेजो र मिर्गौला खराब हुने खतरा बढ्छ ।

– निन्द्रा नलाग्ने समस्या हुनसक्छ ।

– चिलाउने र छाला पोल्ने समस्या हुनसक्छ ।

– एसिडिटीको समस्या निम्तिन सक्छ ।

– कब्जियत वा झाडा लाग्न सक्छ ।

– पेटमा अल्सर हुनसक्छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ७ : ४७ बजे

कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति

सिरहा– नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

महेन्द्रनगर– जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट