आफ्नो सपनालाई कसरी उच्च राख्ने ? | Khabarhub Khabarhub

आफ्नो सपनालाई कसरी उच्च राख्ने ?


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बन्ने र गर्ने प्रबल इच्छा सुरुवाती बिन्दु हो । त्यहाँबाट स्वप्नदर्शीले आफ्ना यात्रा शुरु गर्नुपर्ने हुन्छ । महत्वकाङ्क्षाको अभाव, उदासिनता वा आलस्यबाट सपना उत्पन्न हुँदैन ।

याद राख्नुहोस्, सफल भएका मानिसले सफलताको शिखरमा पुग्नुभन्दा पहिला धेरै बाधा भोग्नुपरेको  थियो । सफल मानिसको जीवनमा टर्निङ प्वाइन्ट आमरुपमा कुनै सङ्कटको समयमा आउँछ । त्यस बेला उसलाई आफ्नो दोस्रो व्यक्तित्व थाहा हुन्छ ।

जने बनयनले अँग्रेजी साहित्यको अमर पुस्तक द पिलग्रिम्स प्रोग्रेस लेख्दा उनलाई उनको धार्मिक विचारको कारण जेलमा कैद गरिएको थियो ।

ओ. हेनरीले आफ्नो मस्तिष्कमा हेनरीले आफ्नो मस्तिष्कमा सुतेको प्रतिभालाई जान्दा उनीमाथि दुर्भाग्यको पहाड खस्यो । उनलाई ओहियोमा कैद गरियो । दुर्भाग्यवश उनले आफ्नो दोस्रो व्यक्तित्वबाट परिचित हुन विवश हुनुपर्‍यो । आफ्नो कल्पनाशीलताको प्रयोगद्वारा उनले आफू दु:खी अपराधी र असम्मानित व्यक्तिको सट्टा महान् लेखक बन्न सक्छु भनेर थाहा पाए ।

चाल्र्स डिकेन्सले शुरुमा आत्मामा लेबल टाँस्ने काम गर्थे । पहिलो प्रेमको असफलताले उनको आत्मामा गहिरो छाप प¥यो । यसले उनलाई विश्वको महानतम लेखकको श्रेणीमा ल्याएर उभ्याइदियो । उनले पहिले डेभिड कपरफिल्ड लेखे । पछि अन्य उपन्यास लेखे । उनका लेखनले पाठकको जीवनलाई अझ समृद्ध बनायो ।

हेलेन केलर जन्मिएको केही समयपछि बहिरी, लाटी र अन्धी भइन् । आफ्नो महानतम् दुर्भाग्यको बाबजुद उनी इतिहासको एक महान मानिसका रुपमा परिचित भइन् । उनको जीवन कुनै पनि व्यक्ति आफ्नो हारलाई सत्यको रुपमा स्वीकार नगरेसम्म हार्दैन भन्ने कुराको प्रमाण हो ।

बिथोवन बहिरा थिए । मिल्टन अन्धा थिए । तैपनि उनीहरुको नाम अमर छ । यसको कारण हो, उनीहरुले सपना देखे । सपनालाई क्रमबद्ध विचारमा बदलिदिए ।

कुनै चिजको चाहना राख्नु र त्यसका लागि तयार रहनुमा फरक हुन्छ । आफूलाई त्यो चिज प्राप्त हुन्छ भन्ने विश्वास नभएसम्म कुनै पनि व्यक्ति त्यसलाई प्राप्त गर्न तयार हुँदैन । यस्तो मानसिक अवस्था कामना वा आशाको होइन । बरु विश्वासको हो । विश्वासको लागि तपाईंले आफ्नो मस्तिष्कलाई खुल्ला राख्नुपर्छ । बन्द मस्तिष्कमा आस्था हुँदैन । साहस र विश्वास हुँदैन ।

याद राख्नुहोस्, जीवनमा आफ्नो लक्ष्य उच्च राख्ने उद्देश्यले सम्पन्नता र समृद्धको लक्ष्य बनाउनका लागि तपाईंले गरिबी र दु:खको लक्ष्य बनाउनुको तुलनामा बढी प्रयास गर्नुपर्दैन ।

साभार : ‘सोच्नुहोस् र धनी बन्नुहोस्’ पुस्तकबाट

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १० : २३ बजे

पर्यटक बढेपछि बागलुङका व्यवसायी उत्साहित

गलकोट (बागलुङ)- चाडपर्वको समयमा यसपटक पर्यटकको रोजाइमा बागलुङ पनि परेको

तोकिएको मितिमै निर्वाचन हुनुपर्छः उपसभापति अर्याल

रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले तोकिएको

सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनरमा डीआरजे

काठमाडौं- डीआरजे नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको आधिकारिक

यी प्रदेशमा आजै रातिदेखि वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको

मेची नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइयो छठ

झापा – भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारततर्फका श्रद्धालुहरूले आज