आफ्नो सपनालाई कसरी उच्च राख्ने ? « Khabarhub

आफ्नो सपनालाई कसरी उच्च राख्ने ?


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बन्ने र गर्ने प्रबल इच्छा सुरुवाती बिन्दु हो । त्यहाँबाट स्वप्नदर्शीले आफ्ना यात्रा शुरु गर्नुपर्ने हुन्छ । महत्वकाङ्क्षाको अभाव, उदासिनता वा आलस्यबाट सपना उत्पन्न हुँदैन ।

याद राख्नुहोस्, सफल भएका मानिसले सफलताको शिखरमा पुग्नुभन्दा पहिला धेरै बाधा भोग्नुपरेको  थियो । सफल मानिसको जीवनमा टर्निङ प्वाइन्ट आमरुपमा कुनै सङ्कटको समयमा आउँछ । त्यस बेला उसलाई आफ्नो दोस्रो व्यक्तित्व थाहा हुन्छ ।

जने बनयनले अँग्रेजी साहित्यको अमर पुस्तक द पिलग्रिम्स प्रोग्रेस लेख्दा उनलाई उनको धार्मिक विचारको कारण जेलमा कैद गरिएको थियो ।

ओ. हेनरीले आफ्नो मस्तिष्कमा हेनरीले आफ्नो मस्तिष्कमा सुतेको प्रतिभालाई जान्दा उनीमाथि दुर्भाग्यको पहाड खस्यो । उनलाई ओहियोमा कैद गरियो । दुर्भाग्यवश उनले आफ्नो दोस्रो व्यक्तित्वबाट परिचित हुन विवश हुनुपर्‍यो । आफ्नो कल्पनाशीलताको प्रयोगद्वारा उनले आफू दु:खी अपराधी र असम्मानित व्यक्तिको सट्टा महान् लेखक बन्न सक्छु भनेर थाहा पाए ।

चाल्र्स डिकेन्सले शुरुमा आत्मामा लेबल टाँस्ने काम गर्थे । पहिलो प्रेमको असफलताले उनको आत्मामा गहिरो छाप प¥यो । यसले उनलाई विश्वको महानतम लेखकको श्रेणीमा ल्याएर उभ्याइदियो । उनले पहिले डेभिड कपरफिल्ड लेखे । पछि अन्य उपन्यास लेखे । उनका लेखनले पाठकको जीवनलाई अझ समृद्ध बनायो ।

हेलेन केलर जन्मिएको केही समयपछि बहिरी, लाटी र अन्धी भइन् । आफ्नो महानतम् दुर्भाग्यको बाबजुद उनी इतिहासको एक महान मानिसका रुपमा परिचित भइन् । उनको जीवन कुनै पनि व्यक्ति आफ्नो हारलाई सत्यको रुपमा स्वीकार नगरेसम्म हार्दैन भन्ने कुराको प्रमाण हो ।

बिथोवन बहिरा थिए । मिल्टन अन्धा थिए । तैपनि उनीहरुको नाम अमर छ । यसको कारण हो, उनीहरुले सपना देखे । सपनालाई क्रमबद्ध विचारमा बदलिदिए ।

कुनै चिजको चाहना राख्नु र त्यसका लागि तयार रहनुमा फरक हुन्छ । आफूलाई त्यो चिज प्राप्त हुन्छ भन्ने विश्वास नभएसम्म कुनै पनि व्यक्ति त्यसलाई प्राप्त गर्न तयार हुँदैन । यस्तो मानसिक अवस्था कामना वा आशाको होइन । बरु विश्वासको हो । विश्वासको लागि तपाईंले आफ्नो मस्तिष्कलाई खुल्ला राख्नुपर्छ । बन्द मस्तिष्कमा आस्था हुँदैन । साहस र विश्वास हुँदैन ।

याद राख्नुहोस्, जीवनमा आफ्नो लक्ष्य उच्च राख्ने उद्देश्यले सम्पन्नता र समृद्धको लक्ष्य बनाउनका लागि तपाईंले गरिबी र दु:खको लक्ष्य बनाउनुको तुलनामा बढी प्रयास गर्नुपर्दैन ।

साभार : ‘सोच्नुहोस् र धनी बन्नुहोस्’ पुस्तकबाट

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १० : २३ बजे

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिका माथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ

१५० दिनमै प्रधानमन्त्री बालेन कमजोर बनेको इन्डिया टुडेको दाबी

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहको नेतृत्वबारे भारतीय सञ्चारमाध्यम