अस्ट्रेलियाले पनि बेइजिङ ओलम्पिक बहिस्कार गर्ने « Khabarhub

अस्ट्रेलियाले पनि बेइजिङ ओलम्पिक बहिस्कार गर्ने


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  अस्ट्रेलियाले पनि सन् २०२२ मा हुने बेइजिङ ओलम्पिक्सलाई कूटनीतिक रुपमा बहिस्कार गर्ने भएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बुधबार सो घोषणा गरेका हुन् । प्रधानमन्त्री मोरिसनले खेलाडी सहभागी भए पनि प्रतिनिधिमन्डल भने स्वदेशमै रहने बताए ।

राजधानी सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोरिसनले भने, ‘मानवअधिकार उल्लंघन र सिन्जियाङका मुसलमानहरुमाथिको दुर्व्यवहारलाई लिएर अस्ट्रेलियाले कूटनीतिक रुपमा बेइजिङ ओलम्पिक बहिस्कार गर्छ ।’

मानवअधिकार र दुर्व्यवहारमा परेका मुसलमानबारे चीन सरकारसँग वारम्वार वार्ता गर्न चाहे पनि सरकारले बेवास्ता गरेको मोरिसनले बताए । चीनले तिब्बतलाई हेर्ने दृष्टिकोण, त्यहाँ भइरहेका मानवअधिकार दुर्व्यवहारका घटनालाई लिएर अधिकारवादीहरुले महिनौंदेखि बेइजिङ ओलम्पिक बहिस्कार गर्न विभिन्न देशमाथि दबाब दिँदै आएका छन् ।

यसअघि अमेरिकाले पनि बेइजिङमा हुने हिउँदे ओलिम्पिकलाई कूटनीतिक रूपमा बहिस्कार गर्ने घोषणा गरेको थियो । चीनमा मानव अधिकार उल्लंघनका घटनामा वृद्धि भएको आरोप लगाउँदै चीनले हिउँदे ओलम्पिकलाई बहिस्कारको घोषणा गरेको थिये। तर, अमेरिकी खेलाडी भने सो प्रतियोगितामा सहभागी हुने जनाइएको थियो ।

चीनले सिन्जियाङका अल्पसंख्यक मुसलमानको दमन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । हङकङको राजनीतिक स्वतन्त्रतामा दमन गरेको पनि अमेरिकाले चीनमाथि आरोप लगाउँदै आएको छ ।

एक महिनाअघि मात्र अमेरिकी राष्ट्रपति जो बाइडनले शीतकालीन ओलिम्पिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १ : १० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया