प्रदेश- २ मा ३० प्रतिशतलाई कोरोनाविरूद्धको पूर्ण खोप « Khabarhub

प्रदेश- २ मा ३० प्रतिशतलाई कोरोनाविरूद्धको पूर्ण खोप


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रदेश २ मा ३० दशमलव ४३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप दिइएको छ ।

सप्तरीमा ३० दशमलव ३१, सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत, सर्लाहीमा ३४ दशमलव ५४, रौतहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशतले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको प्रदेश २ का स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमण कायमै रहे पनि ग्रामीण भेगमा अझै कोरोनाविरुद्धको खोप लगाउन डराइरहेकाले लक्ष्यअनुसार खोप लगाउन नसकिएको उनको भनाइ छ ।

कोरोना भाइरसको नयाँ भेरियन्टको खतरा बढेपछि नेपाल–भारत प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको छ । सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा  भारतबाट आउने साधुसन्त र सर्वसाधारण श्रद्धालु भक्तजनलाई लक्षित गरी ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको हो ।

 

 

 

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ३ : १० बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

महेन्द्रनगर– जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित