बलात्कार र हत्याका मुख्य योजनाकार पक्राउ « Khabarhub

बलात्कार र हत्याका मुख्य योजनाकार पक्राउ


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- हत्या गरी खाल्डोमा गाडेर फरार रहेका ‘सिरियल किलर’ सुरुङगा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ नौ वर्षपछि पक्राउ परेका छन् ।

सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

शृङ्खलाबद्ध बलात्कार र हत्याका मुख्य योजनाकार साविक टिकुलिया गाविस–६ घर भई कुशहा– ६ बस्ने सकिल हुसेन मियाँ र उनका साथी गुल्जार मियाँ तथा मस्तकिम मियाँ लामो समय नेपाल बाहिर रहँदै आएका थिए । उनीहरुमाथि शङ्खलाबद्ध बलात्कार र हत्याको आरोप छ ।

सिरियल किलर सकिललाई अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को कतार शाखाले कतारमा पक्राउ गरी २०७४ फागुन २० गते नेपालको जिम्मा लगाएको थियो । सकिका नाममा २०७२ असार ४ गते इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएको थियो । पक्राउ परेका गुल्जार उनै सकिलका मुख्य सहयोगी हुन् ।

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सकिल र गुल्जारलगायतले साविक टिकुलिया गाविस–९ घर भई पटेर्वा गाविस–१ बस्ने सबुद मियाँ र उनकी बुहारी सगिरा खातुनको हत्या गरेर आफ्नै कुखुरा फारम नजिकै गाडेका थिए ।

साविक जण्डौल गाविस–८ की गोरहनिया भनिने दुलारीदेवी मुखिया साह र त्रिकौल गाविसको निर्मलादेवी साहको हत्यामा पनि उनी संलग्न रहेको प्रहरीको भनाइ छ । सकिलमाथि आफ्नै ससुरा र बुहारीको समेत हत्या गरेको आरोप छ ।

सकिलमाथि सप्तरीको मल्हनियाँका आरुल मियाँ र पाण्डव पासवनको हत्या गरेको आरोप लागेको थियो । विसं २०६८ मा सकिल पक्राउ पनि परे । यद्यपि आरोप पुष्टि हुनसकेन ।

आरुलका दाइ कलामुद्दिनको जाहेरीअनुसार प्रहरीले २०६८ मङ्सिर ४ गते सकिललाई पक्राउ गरिएको थियो । जिल्ला अदालतको २०६९ चैतको आदेशअनुसार प्रहरी अनुसन्धान मिसिलमा जुटाइएका कागजातको आसय बाँझिएको फाइदा सकिललाई पुग्यो । उनले सफाइ पाए । प्रहरीले बरामद गरेको कङ्काल आरुल मियाँको हो भन्ने प्रमाणित नभएकाले उनको मृत्यु पुष्टि नभएको अदालतको आदेशपत्रमा उल्लेख छ ।

सप्तरीदेखि सुनसरीसम्मका नौ जनाको शृङ्खलाबद्ध हत्या अनुसन्धान क्रममा प्रहरीले मुख्य योजनाकारका रुपमा सकिललाई पायो । आरुल मियाँ र पाण्डव पासवानको हत्या आरोपमा पक्राउ परे पनि उम्केका सकिलले एकपछि अर्को गरी नौ जनाको हत्या गरेको बताइएको छ ।

शङ्खलाबद्ध हत्या अनुसन्धान क्रममा आठ वर्षअघिको आरुल हत्याकाण्डका मुख्य अभियुक्त सकिलले तत्कालीन प्रहरीको फितलो अनुसन्धान र कमजोर मिसिलका कारण उन्मुक्ति पाएको प्रहरीले ठहर गरेको छ ।

एक हत्या अनुसन्धानमा प्रहरीले तीन महिला र तीन पुरुषलाई नियन्त्रणमा लिएको थियो । सोही बेला पक्राउ परेकामध्ये सप्तरीको साविक सारश्वर गाविस–४ का अल्लाउद्दिन मियाँको बयानबाट प्रहरीले नौ जनाको हत्या शृङ्खला फेला पारेको हो ।

सबै हत्याको मास्टर माइन्ड सकिल हुसैन भएको प्रहरीको भनाइ छ । जसमा गुल्जार अल्लाउद्धिनसहितका व्यक्ति बराबर संलग्न रहेका बताइएको छ । – रासस

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ४ : १५ बजे

तस्बिरमा हेर्नुहाेस्, सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं– वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ लगनटोल पुर्‍याइएसंगै

ओली-लेखक पक्राउ गर्दा सरकारले संयमता गुमायो, प्रहरीको व्यवहार परिपक्व भएन : प्रा.डा. संग्रौला

काठमाडौं- पूर्वन्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अर्थसंक्षेप : बजारले पत्याएन बालेन सरकारलाई, वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात र भवनको अलपत्र छाडेपछि निर्माण कम्पनीलाई सवा करोड जरिवाना

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था

अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई

काठमाडौं- बलुचिस्तान गणतन्त्र नामक पाकिस्तानको विवादास्पद पृथकतावादी समूहले प्रधानमन्त्री नियुक्त

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक